शहरमा नयाँ हल

क्यूएफएक्स सिनेमाजको पर्दा संख्या देशव्यापी २३ पुगेको छ । तीन महिनाभित्र यो संख्या बढ्ने क्युएफएक्सका निर्देशक नकिम उद्दिनले बताए । नोभेम्बर ७ का दिन भक्तपुरको ठिमीस्थित भाटभटेनी स्टोरमा यसको शाखा खुलेको हो । ‘भक्तपुरपछि हामी १०–१५ दिनमै बुटवलको भाटभटेनी र बिराटनगरमा यसको शाखा खोल्दैछौं, निर्देशक उद्दिनले भने–‘क्युएफएक्सलाई आम दर्शकहरुले दिनुभएको मायाप्रति आभारी छौं ।’ भक्तपुरमा खुलेको क्युएफएक्स हलमा तीन स्क्रिनमा क्यूथ्रीडी प्रोजेक्सन र डल्बी एट्मस ध्वनी प्रविधि जडान गरिएको छ । सात सय सिट क्षमताको तीन हलमा रिसलाइनर सोफा पनि राखिएको छ । दर्शकले आफू अनुकुलको पोजिसनमा फिल्मको मजा लिन सक्छन् । भक्तपुरमा क्यूएफएक्सको नयाँ सिनेमा हल उद्घाटनसंगै नयाँ नेपाली फिल्म ‘घामड शेरे’ प्रिमियर गरिएको छ । नोभेम्बर ८ देखि देशव्यापी प्रदर्शन भएको उक्त फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्मका मुख्य पात्र शेरे पात्रको जीवनमा आउने उतारचढाव बोकेको यो फिल्ममा निश्चल बस्नेतले उक्त चरित्र निर्वाह गरेका छन् । फिल्ममा नेपालको प्रशासनिक व्यवस्था, साली–भेनाको सम्बन्ध, वैदेशिक रोजगारले निम्त्याएको परिस्थितिलाई फिल्मले निकै मिठो ढगंले उठान गरेको छ । यो फिल्ममा निश्चलसंगै स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल आदि कलाकारले अभिनय गरेका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...