फिल्ममा झमककुमारी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

धनकुटाकी साहित्यकार झमककुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’मा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ को सार्वजनिक प्रदर्शन नोभेम्बर ८ देखि प्रारम्भ भएको छ । विनोद विष्टको निर्माण तथा निर्देशनमा बनेको यो फिल्मले साहित्यकार घिमिरेको जीवनकथा प्रस्तुत गरिएको छ । फिल्मको अधिकांश दृश्य धनकुटास्थित झमककुमारीको घरमा छायांकन गरिएको छ । फिल्मका बारेमा निर्देशक विनोद विष्ट भन्छन्—‘भारतको सिलिगुडीबाट प्रकाशित हुने पत्रिका हिमालय दर्पणमा दाजीलिङकी साहित्यकार विन्दिया सुब्बाले झमककुमारी घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ पढेर उनलाई भेट्न धनकुटा गएको विषयमा लेख लेख्नुभएको थियो । उक्त लेख पढेपछि पुस्तकमा त्यस्तो के रहेछ र उहाा धनकुटा जानुभयो भन्ने लागेर मैले पुस्तक किनेर दुई–तीन पटक पढेपछि झमककुमारीको संघर्ष थाहा पाएँ । पुस्तक दोर्होयाएर पढ्दा पनि विश्वास नलागेपछि म आफैं झमकजीलाई भेट्न धनकुटा पुगें । उक्त पुस्तक पढेपछि त्यसको कथामा फिल्म बनाउने इच्छा जागेको थियो ।