बक्सिंगतर्फ नेपाली खेलाडीको सुखद सुरुवात

काठमाण्डौ- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा नेपालका सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले जित हासिल गरी सेमिफाइनल प्रवेश गरेका छन् ।
शुक्रबार ललितपुरको सातदोबाटोमा भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरेका प्रवेश हुन् । त्यस्तै ६० केजी तौल समूहको खेलमा भूटानका निमा दोर्जीलाई अंककै आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले पनि अन्तिम चारमा स्थान बनाए ।
त्यस्तै ६४ केजीको भिडन्तमा नेपालका भूपेन्द्र थापा मगरले भूटानका दोर्जी वाङ्दीलाई पहिलो राउन्डमा नै आरएससीको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्यसैगरी ७५ केजी तौल समूहको खेलमा नेपालका दिपक श्रेष्ठ भने भारतका अंकित खतानासंग तेस्रो राउन्डमा नकआउटको आधारमा पराजित भए ।
त्यसैगरी पुरुष ९१ केजीभन्दा माथिको तौल समूहमा भने नेपालका आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाइ पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । योसंगै बक्सिंगमार्फत् नेपालले दुई रजत पक्का गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...