यात्रा गर्दै हुनुहुन्छ ? सस्तो बेसाहाले तपाईलाई पखाला नलागोस !

-- वियन पल / प्रकाशित मिति : सोमवार, मंसिर ३०, २०७६

जीबनका थुप्रै पलहरु मीठा हुन्छन तिनै मध्ये प्रबासबाट घर फर्किनु, पर्बको हिसाबले दसैं तिहार जत्तिकै लाग्छ, सबै प्रबासीलाई चाहे जस्तो सुकै सहज या असहज प्रबासी जिन्दगी भए पनि। घर फर्किदै गर्द तथानाम थुप्रै कुरा भुलेर यात्राा सहज, छरिटो, झन्झट रहित अनि  सुरक्षित रहोस् भन्ने सबैको चाहना हुन्छ, त्यसैको लागि अग्रिम टिकट काटेर आफ्नाे र आफन्तको लागि सकेसम्मको कोशेली झोला भरी लिएर यात्राा शुरु गरिन्छ।

अरु यात्रीलाई जस्तै हामीले पनि त्यही अनुरुप तयारी गर्यौ, हाम्रो यात्राामा पहिलो र नयाँ सन्तानदेखि ७१ बर्षिया बुढो बाबा लगायत ४ जना थियौ । यात्रााको क्रममा कुनै झन्झट नहोस् भनेर टिकट बुकिङ गर्ने बेलामै नाबालक बच्चादेखि बृद्ध बाबाको अवस्था खुलाएर बुकिङ गरेका थियौ, पुरै परिवार नै यात्रा गर्नु पर्ने भएकोले ट्रेनमा ३ घण्टा यात्राा गरेर बल्ल सिड्नी एअरपोर्ट पुग्यौ, बच्चा, बुढो बाबा थुप्रै झोला र बच्चाको झिनो झिम्टी बोक्नु पर्ने हुँदा शरीर थाकेर लखतरान अवस्थामा थियौ, जे-जे भए पनि घर फर्किने भनेर मन भित्रै थकाई लुकाएर बसेका थियौं । मध्य नाेभेम्बर परेकोले गर्मी निकै चर्को थियो, म्याकडोनाल्डमा चिसो पिएर प्रस्थान लाइन तिर लगियो।

सरर गएर चाइना इस्टर्न एअरवेजको काउन्टरमा पुगेर हरियो ४ वटा पासपोर्ट, ४ वटै टिकेट त्यहाँको कर्मचारी नानीलाई दिएपछि  ६ वटा ब्यागेज पनि लाइन मिलाएर बस्दा र बोर्डिङ पास लिनको लागि  झन्डै १ घण्टा उभाए, सिड्नी नै भए पनि कर्मचारी उत्तै छिमेकी चाइनाको परेकिले के समस्या हो, थाहा नै भएन, अनुहार हेर्दा रिसादै अन्तमा खै के-के गरेर हो टिकट मिलाई दिई, मैले प्रस्ट भाषामा हामी एउटै  परिवार  हौ, हामीलाई एउटै लाइनमा सिटको ब्याबस्था गरी दिनुस् है भनेर भनेको थिए, अनि बच्चाको बेसिनेट पनि माग गरेको थिए । जब जहाजमा बोर्डिङ पास बुझाएर सिट खोज्दा पो बल्ल थाहा पाएँ बाबाको अर्को लाइनामा अनी हाम्रो २ जनाको अर्कै लाइनमा, कर्मचारिलाई मिलाई दिनु भनेर  बिन्ती कसे हुँदैन  भनेर तर्किए, जे जसरी हुन्छ अब जाउला भनेर बच्चा काखमा खेलाउदै गर्दा सुत्यो, अनि बेसिनेट मागे, यहाँ यो सुबिधा नै छैन भन्यो । अब सिड्नीदेखि चाईना कुन्मिङ १० घन्टे यात्राा बच्चा हातले समातेर यात्रा गर्नु नै पर्ने बाध्यता आयो ।  जीबनमा सङ्योगले ८०-९० पटक अन्तरराष्ट्रिय हवाई यात्राा  गरी सकेको थिए तर यो जस्तो झन्झटिलो र हेल्पलेस कहिले पनि अनुभब गर्न परेको थिएन।

१० घण्टा आफु मात्रा यात्राा गर्न पनि निकै मुस्किल नै पर्छ, बच्चाको चेचे-मेमे जहाजको कर्मचारीको असहयोगी स्वाभाब अनि तीतो बोलीले आजित हुँदै बल्ल बिहान चिसो कुन्मिङ अबतरण गरियो । ठाउँ मात्रा चिसो भए त कपडाले न्यानो बनाउन हुने हो तर कुन्मिङ इम्मिग्रेशनको कर्मचारीको यात्रुलाई गर्ने व्यबहार धम्की र कडा अनुशासनको कोही बोल्ने साहस नै गरेनन, ७२ बर्षिय बाबा १० घन्टे बोरिङ्ग लाग्दो जहाजको यात्राा अनि ३ घण्टा जत्ती लाइनमा उभिइ गार्हो भएर लाइनमै बस्दा चर्को स्वरमा गाली अनी बच्चाको न्यापी फेर्न समय नभएर बच्चाको चिची रुई रहने, किन बच्चा रुवाएको भनी गाली गर्ने ठाउँ कुन्मिङ, ३ घण्टा सकसपूर्ण लाइन बसेर बल्ला क्यामेरामा अनुहार, दाया बायाको ४ औली, दायाबायाको औठाको बायोमेत्रिक सकेपछि फेरी अर्को  ड्युटी अफिसरले पासपोर्ट रेजो गर्न अर्को घण्टा लगाउने संसारको बिचित्रको चेकिङ प्रणाली रहेछ, १० घण्टाको यात्राले थकित शरीरलाई कुनमिङ इमिग्रेशन कर्मचारीको व्यबहारले दुखेको घाऊ माथि नुनचुक थपे झै हुँदो रहेछ, नेपालमा चाइना भनेपछि निकै सम्मनित र आदर्णीय मानिन्थ्यो, त्यो दिनदेखि हामी सङ्गैको सबै जना यात्रीलाई स्पस्ट भो । नमिठो कुन्मिङ्लाई बिर्सेंर त्यही साझ काठमाण्डौ अबतरण भयौं, त्यो लगेज बोक्ने ट्रली भाचिएको लिनु पनि खोसाखोस् जस्तै हुने रहेछ, झोली भेटियो तर लगेज फुटेको, चाबी लागेको झोला हामीले लिने बेलासम्म फुटेको, काटिएको जस्तो हुने रहेछ, जे होस् यि सबै कुरा भुलेर अचेलको बच्चाहरुलाई कार्टुन देखाई रहनु पर्ने भएकोले पुरानो टिभी लगभग ३ बर्ष जत्ती पुरानो थियो, साथमा बिल र पुरानो मोडेल हो भनेर स्पस्ट कुरा भन्सार चेकिङवाला ४ जनालाई सुनाए अनि देखाए। उहाहरुले भित्ताको नियम देखाउनु भो, मैले नयाँलाई होला पुरानोलाई त यो नियमले छुदैन भन्दा उहाहरु खुब रिसाउनु भो, भन्सार कर मैले किनेको टिभी भन्दा धेरै रहेछ,मैले तपाईंहरुले  नै लिनुस् भने अनी  मैले पनि नम्र भाषामा यहाँ त ३३ केजी सुन पो सजिलो छिर्छ यो बच्चाको लागि ल्याएको पुरानो टिभी छिराउन मुस्किल रहेछ हगी भने, उहाँहरुले एकै स्वरमा माथिकालाई भन्नुस् भने । अन्तमा एउटा रसिद दिनु भयो, रसिदमा केही छैन, कती बुझाउनु पर्ने, के कारण र कस्लाई भेट्नु पर्ने त्यो पनि छैन। यसरी बल्लतल्ला त्यो एअरपोर्टबाट बाहिर निस्कन सफल भयौ र निकै रिलिफ फिल पनि गर्यौ ।

हामीले आफ्नो ठाउँबाट जत्ती सकिन्छ त्यती गरौ भनेर भिजिट नेपालको लागि बिभिन्न शहरमा ब्यानर, काम छोडेर र्याली अनि नेपालको बारेमा खैरेहरुलाई सुनाउने कामहरु गर्दै थियौं, यहाँ एअरपोर्टको कर्मचारीको यो ताल देखेपछि निकै निराश र हतास लाग्यो।

तपाईं पनि घर देश जादै हुनुहुन्छ  या आफन्तलाई कुन्मिङ चाईना हुँदै चाईन इस्टर्न एयरवेजमा बोलाँउदै हुनुहुन्छ, बच्चा, पाका आमा बाबा बोलाँउदै हुनुहुन्छ या साना बाल-बच्चा लिएर कुन्मिङ हुँदै जानु हुँदै छ, समय हुँदै नै बिचार  गर्नु होला या उचित रुट छनौट गर्नु होला, हाम्रो जस्तो पिडा अरु यात्रीहरुलाई नपरोस, बेलैमा सोचौ सस्तो बेसाहले पखाला चल्छ भनेको सुनेको थिए बल्ल आँफैले भोगे, तपाईहरुलाई पखाला नलागोस अनि पैसा तिरी सकेपछि यात्रा मंगलमय बनोस, क्रिसमस र नयाँ बर्ष २०२० को सबैलाई शुभ-शुभकामना पनि।