सुदूरपश्चिम समाज अष्ट्रेलियाद्वारा खेलाडीको सम्मान 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालको सुदूरपश्चिम क्षेत्रबाट अष्ट्रेलिया आइ बसोबास गर्ने नेपालीहरु को साझा संस्था सुदूरपश्चिम समाज अष्ट्रेलियाद्वारा हालै बडीबिल्डिंग अष्ट्रेलियाका स्वर्ण पदक विजेता प्रेमराज भट्टलाई एक कार्यक्रम बीच सम्मान गरेको छ।
गत डिसेम्बर १५ का दिन समस्त नेपालका गौरव ‘च्याम्पियन अफ च्याम्पियन्स’ बडी-बिल्डिंग अष्ट्रेलियाका स्वर्ण पदक विजेता भट्टलाई प्रबासमा रहेर पनि राष्ट्रिय प्रतिभालाई सम्मान गर्न पाउँदा खुशी लागेको संस्थाका अध्यक्ष तोरण अवस्थीले  बताउनु भयो। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष केशब जोशी र संस्थाका उपाध्यक्ष श्याम पौडेल लागाएतका व्यक्तित्वहरु को उपस्थिति थियो।
कार्यक्रममा सामजका बिगत देखि बर्तमान सम्म बिबिध परोपकारी एबम सामाजिक कार्यक्रममा सहयोग पुराउने सबै प्रति संस्थाका अध्यक्ष अवस्थीले धन्यबाद दिदै भविष्यमा पनि सहयोगको लागि निरन्तरता लागि अनुरोध गर्नु भयो।