भूकम्पमा परि दिबंगत हुनेहरुको स्मरण गरे अस्ट्रेलियाबासीले

-- The NTA ?>
naya dip projowalan
नेपाल र नेपालीले भोगेको एउटा डर लाग्दो  प्राकृतिक विपद भूकम्पको एक बर्ष पुरा भएको छ । हजारौको ज्यान गएको र कयौ हजारलाई घाइते बनाएर अरबौको भौतिक संरचना तहस नहस परेको उक्त दिनको सम्झना गर्दै अस्ट्रेलिया भरि दिप प्रज्वलनका कार्यक्रमहरु भएका छन्।
२५ अप्रिलका साँझ सिड्नीको एसफिल्ड पार्कमा नेपलिज युथ एसोसियसन अष्ट्रेलिया (नया) र लाहुरी ग्रुपको सयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम भएको छ । नेपालीहरुको बाक्लो बस्ति रहेको उक्त क्षेत्रमा टाढा टाढाबाट समेत नेपाली र नेपाललाई माया गर्ने सहृदयीहरुको सहभागीता थियो । कार्यक्रममा मृतकहरुको आत्माको चीर शान्तिको कामना गर्दै सहभागी हरुले यस महा-विपदमा परि घाइते भएकाहरु प्रति स्वस्थ लाभको कामना गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले दिबङगत आत्मको चीर शान्तिको कामना गर्दै एनआरएनएले गोर्खाको लाप्राकमा भूकम्प पीडितहरुको लागि नमुना बस्ती बनाउने पारीयोजनामा  नेपाल सरकारले निर्माण स्वीकृति दिएको जानकारी दिए । त्यसै गरि एनआरएनए ओशोनिया संयोजक  महेन्द्र लम्सालले पनि महाभूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्मको शान्तिको कामना गर्दै भूकम्प पीडितहरुको लागि एनआरएनएले अब ढिलो नगरीकन गोरखाको दुर्गम भूकम्पग्रस्त गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने योजना अगाडी बढी सकेको र यसमा सधै झैँ सबैको सहयोगको अपरिहार्यता रहने बताए । नयाका अध्यक्ष कोमल राज पाठकको स्वागत मन्तब्य र सल्लाहकार भिष्म भण्डारीद्वारा संचालित उक्त कार्यक्रममा सयौ व्यक्तिहरुको उपस्थिति थियो ।
त्यसै गरि मेलबर्न, ब्रिसबन, एडिलेड, पर्थ, डार्विन लगायतका सहरमा पनि दीप प्रज्वलन गरि दिवंगत भएकाहरुमा श्रद्धाञ्जली अर्पण गरि उक्त दुखद दिनको सम्झना गरिएको थियो ।
dip prajwalan in bris
dip prajwalan in melb