कवि एबं गीतकार दिनेश अधिकारी सिड्नीका श्रोता माझ

नेपाली गीत, संगीत र साहित्यका अद्भुत हस्ती दिनेश अधिकारीलाई गत डिसेम्बर १५ आईतबारका दिन सिड्नीका श्रोताले नजिकबाट जान्ने, चिन्ने र सुन्ने मौका पाए । नेपाली संगीतमा स्वर सम्राट नारायण गोपालको स्वरको कालजयी गीत “यो सम्झिने मन छ, म बिर्सूं कसोरी ……. तिमी नै भनिदेऊ ..ए ..जाने निठुरी ” का रचनाकार समेत रहेका अधिकारिलाई श्रबण गर्ने मौका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाले मिलाएको थियो।
संस्थाका सचिव प्रविण टन्डनले संचालन र अध्यक्ष महेश्वर शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कवि एबं गीतकार दिनेश अधिकारीले इतिहासका बिबिध कालखण्डमा रचेका र बिभिन्न श्रष्टाहरु स्वरमा सजिएका गीतहरु लाई प्रशंग सहित सुनाएका थिए। सिड्नीका साहित्य प्रेमी विचको यो साहित्यिक बसाइमा “अतिरिक्त अभिलेख” कविता संग्रहका लागि बिक्रम सम्बत २०५६ सालमा मदन पुरस्कार प्राप्त गर्न समेत सफल अधिकारिले उक्त अवसरमा आफ्ना डेढ दर्जन रचनाहरु वाचन गरेका थिए।

सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...