वाक्लो हुस्सुले उडान प्रभावित

काठमाडौं युरोपेली वायुका कारण देशैभरिको तामक्रम खस्किएको छ । तराईमा दोहोरिएको बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रत्यक्ष प्रभावित बन्न थालेको छ ।
मौसमका कारण बिहीबार भैरहवा, जनकपुर, सिमरा, विराटनगरतर्फका उडान प्रत्यक्ष प्रभावित बनेको त्रिभुवन विमानस्थलस्थित ब्रिफिङ शाखाले जनाएको छ।
शाखाका एक अधिकृतका अनुसार बिहिवार मात्र करिब ४० वटा उडान रद्ध भएको छ, मौसमका कारणले साँझसम्म उडान प्रभावित बन्यो । अन्तर्राष्ट्रिय उडानतर्फ भने समस्या छैन ।
पर्याप्त भिजिबिलिटी नहुँदा बिहीबार भैरहवा र जनकपुरमा कुनै उडान भएन । सिमरामा एउटा मात्रै उडान भएको र विराटनगरका दुईरतीनवटा उडान रद्ध हुँदा साँझ अबेरसम्मको उडान तालिका प्रभावित भएको थियो ।
हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिने वायुले बाक्लो हुस्सु र शीतलहरको प्रभाव दोहोर्याएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराईको मौसममा तत्काल सुधार आउने सम्भावना नरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चितवनदेखि पश्चिमतर्फका तराईका भेगमा बाक्लो हुस्सुको प्रभाव बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तत्काल तराईको मौसम खुल्ने मौसमी प्रणाली विकास भएको छैन ।
महाशाखाका अनुसार तराईसहित धेरै ठाउँमा आजभन्दा भोलि र भोलिभन्दा पर्सि अझै तापक्रम घट्ने सम्भावना देखिएको छ ।
गत साता पनि झापादेखि कैलालीसम्मका तराईका भेगमा बाक्लो हुस्सु र शीतलहरको प्रभाव फैलिएको थियो ।
पश्चिम र मध्यतराईको बाक्लो हुस्सु र कुहिरोको अवस्थामा बिहीबार अपराह्नबाट सुधार आउने बताउँदै विशेष बुलेटिन जारी गरे पनि हुस्सु खुल्न सकेन ।
पश्चिमी वायुको प्रभावले बिहीबार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बिहीबार उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री तापक्रम मापन भएको महाशाखाले जनाएको छ।
बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन भएको थियो। मध्य हिउँद बाँकी भएकाले उपत्यकामा यस वर्षको न्यूनतम तापक्रम अझै खस्किएर शून्य डिग्रीमा पुग्न सक्ने पोखरेलको ठहर छ।
मौसम विभाग मातहतका स्टेसनमा रेकर्ड भएअनुसार बिहीबार देशैभर सबैभन्दा कम तापक्रम जुम्लामा रेकर्ड भएको छ, बिहीबार त्यहाँको न्यूनतम तापक्रम माइनस ७ डिग्री मापन भएको छ।
त्यसै गरी जिरीमा माइनस ३ दशमलव ५, डडेलधुरामा १ दशमलव ७, वीरेन्द्रगरमा २, लुम्लेमा २ दशमलव ५, दिपायल र ओखलढुंगामा समान ३ दशमलव ५ डिग्री रेकर्ड भएको छ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



