नेकपाले लगायो राष्ट्रियसभाका उम्मेदवारको टुंगो

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ । शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।
प्रवक्ता श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए । त्यसैग्री अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।
प्रदेश १ बाट तीन उम्मेदवार चयन गरिएको छ । जसअनुसार इन्दु गौतम (महिला), गोपी अछामी (दलितबाट) र देवेन्द्र दाहाल (अन्यबाट) चयन भएका छन् ।
प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान छन् ।प्रदेश ३ बाट महिलामा गंगा बेलबासे, अन्यबाट बेदुराम भुसाललाई उम्मेदवार बनाइएको छ ।
गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्यबाट) र भगवती न्यौपाने (महिलाबाट) लाई उम्मेदवार बनाइएको छ ।
यस्तै, प्रदेश ५ बाट महिलामा विमला घिमिरे, अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाइएको छ ।
कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसी छन् ।यस्तै सुदूरपश्चिम प्रदेशमा अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...