एउटै कन्सर्टमा नविन र दीपेशकिशोर

काठमाडौं– पप संगीतका दुई हस्ती गायकहरु नविन के भट्टराई तथा दीपेशकिशोर भट्टराई पहिलो पटक एउटै स्टेजमा प्रस्तुत हुने भएका छन् ।
फ्रेण्ड्स अफ लाजिम्पाटले यही पुस २५ गते (जनवरी १०) शुक्रवार काठमाडौंमा आयोजना गर्न लागेको ‘टु लिजेन्ड्स अन द स्टेजः लाइभ इन कन्सर्ट’ शीर्षकको लाइभ कन्सर्टमा यी दुई गायकहरुले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।
लाजिम्पाटको नेपाली चुलोमा आयोजना हुने उक्त कन्सर्टमा दुबै गायकलाई ब्याकअप ब्याण्डले साथ दिनेछन् ।
गायक नविन के भट्टराईलाई उनकै ब्याकअप ब्याण्ड अतृप्तले बाद्य–वादनमा साथ दिनेछ भने गायक दीपेशकिशोर भट्टराईलाई लिजेण्ड ब्याण्डले साथ दिनेछ । यी दुबै गायकहरु यतिबेला लाइभ कन्सर्टको अभ्यासमा जुटेका छन् ।
शुक्रवार साँझ पाँच बजेपछि प्रारम्भ हुने कन्सर्ट राती १० बजेसम्म जारी रहने आयोजक संस्था फ्रेण्ड्स अफ लाजिम्पाटले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष पवन तिमिल्सिनाका अनुसार उक्त कन्सर्टबाट संकलित सम्पूर्ण रकम खुला सडकमा जीवन बिताउने बाध्य घरवार बिहिन तथा असहाय व्यक्तिहरुका लागि खर्च गरिने छ । त्यसक्रममा उनीहरुका लागि जाडोका पहिरन, खाना तथा ब्ल्याङ्केटहरु प्रदान गरिनेछ ।
भिजिट नेपाल २०२० को प्रवद्र्धन समेत गरिने उक्त कन्सर्टमा दुबै गायकहरुले आफ्ना एक–एक दर्जनभन्दा बढि लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।
आयोजक फ्रेण्ड्स अफ लाजिम्पाटले यसअघि पनि लाजिम्पाट क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...