अवैध धन्दा गर्ने १ सय २२ चिनियाँलाई ‘देश निकाला’

काठमाडौं- नेपालमा अवैध गतिविधि गर्दै आएका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालबाट निकाला गरिने भएको छ ।
तिनीहरूलाई भोलि बुधबार एयर चाइनाको विमानबाट चीन लैजाने तयारी भएको एक उच्च सरकारी अधिकारीले जानकारी दिए ।
नेपाल सरकारले सामान्य कारबाही गरी उनीहरूलाई चीनतर्फ पठाउने रणनीतिअन्तर्गत चीनमै पठाउन लागेको हो ।
चीन सरकारले उहीं लगेर कारबाही गर्नेछ ।
नेपाल प्रहरीले तिनीहरूले चीनका विभिन्न वित्तीय संस्था ह्याक गर्ने, चीनमा रहेका एकल धनाढ्य महिलाहरूलाई मायाजालमा पार्दै मोटो रकम लिने गरेको रहस्य फेला पारेको छ ।
नेपाल सरकारले उनीहरूलाई अब नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गर्ने र सोही बहानामा चीनले आफ्ना नागरिकलाई फिर्ता लैजाने भनिए पनि उनीहरूमाथि चीनमा भने कडा कारबाही गर्ने भएको छ ।
पक्राउ परेका ती चिनियाँमध्ये ६७ जनासँग ट्राभल डकुमेन्ट नै नभएको र ५५ जनासँग पासपोर्ट मात्र भएकाले उनीहरूलाई अब नेपाल आउन नपाउने गरी निकाला गर्न लागिएको अध्यागमन कार्यालयले जनाएको छ ।
नेपालमा यसरी अवैध गतिविधि गर्ने चिनियाँको संख्या ३ हजारभन्दा बढी रहेको संकेत पाएपछि प्रहरीले यसबारे खोजीकार्य जारी राखेको जनाएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...