अवैध उत्खनन्को विरोध गर्ने युवकको टिपरले किचेर ‘हत्या’

लहान – धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको टिपरले किचेर हत्या गरिएको छ ।
मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै आएका सोही नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कर्यालय ढाल्केबरका प्रमुख इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए।
मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको जानकारीको आधारमा अनुसन्धानअघि बढाइएको यादवले बताए ।
स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इन्स्पेक्टर यादवले भने-‘महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेको थियो ।’
साथीसँग मर्निङवाक गएका बेला महतोलाई टिपरले किचेको हो । टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्गको ढल्केबर क्षेत्र केहिबेर अवरुद्ध पारेका थिए । महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...