अवैध उत्खनन्को विरोध गर्ने युवकको टिपरले किचेर ‘हत्या’

लहान – धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको टिपरले किचेर हत्या गरिएको छ ।
मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै आएका सोही नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कर्यालय ढाल्केबरका प्रमुख इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए।
मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको जानकारीको आधारमा अनुसन्धानअघि बढाइएको यादवले बताए ।
स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इन्स्पेक्टर यादवले भने-‘महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेको थियो ।’
साथीसँग मर्निङवाक गएका बेला महतोलाई टिपरले किचेको हो । टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्गको ढल्केबर क्षेत्र केहिबेर अवरुद्ध पारेका थिए । महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...