उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय

गत पुस ४ गतेदेखि बस्न नसकेको उक्त बैठक पुस ११ र १६ गते पनि सूचना टाँसेर स्थगित गरिएको थियो। उक्त बैठक आज आइतबारका लागि बोलाइएको छ ।
उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिए सभामुख चयनका लागि ढोका खुल्ने बताउँदै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो– ‘उपसभामुखले राजीनामा नदिँदासम्म यो प्रक्रिया अगाडि बढ्न सक्दैन, राजीनामा दिएलगत्तै टुंगो लाग्छ ।’
यसै विषयलाई लिएर शुक्रबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभामुख तुम्बाहाम्फेबीच भएको तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा दिन गरेको आग्रहलाई तुम्बाहाम्फेले अस्वीकार गर्नुभएको थियो ।
उहाँले आफू सभामुखका लागि योग्य रहेको बताउँदै निवर्तमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई नदिन अध्यक्षद्वयलाई चेतावनी दिनुभएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार उपसभामुखबाट राजीनामा गर्न पार्टीको ह्वीप नलाग्ने प्रावधान छ। उपसभामुखले नेकपाको निर्णय नमाने महाअभियोग लगाएर हटाउनुपर्ने हुन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...