सिड्नीमा सोनाम ल्होछार मनाइदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सन २००९ मा स्थापित तामाङ सोसाइटी अफ एनएसडब्लुले हरेक बर्ष जस्तै आउने जनवरी २५ का साँझ ५ बजेबाट हर्षभिल स्थित मराना अडिटरियममा सोनाम ल्होछार बिबिध कार्यक्रम सहित मनाउने तयारी गर्दैछ । नेपालबाट ख्याति प्राप्त कलाकारहरु बिश्व दोङ, निर्मला घिसिङ र कुमार मोक्तान को उत्कृष्ट सेलो तथा नेपाली गायन प्रस्तुतीहरु र सिड्नीका स्थानिय कलाकारहरु को बेजोड प्रस्तुति यस बर्षको सोनाम ल्होछार बिशेष रहने सोसाइटीका अध्यक्ष सुनधोर्जे तामाङले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए । तामाङका अनुसार यस बर्षको सोनाम ल्होछार कार्यक्र तामाङहरु को मौलिक संस्कृतिको झल्कने बिभिन्न झाँकीहरु ले सजिसाजाउ हुनेछ।
यो बर्ष तामाङ समुदयले २८५६ औ सोनाम ल्होछार मुसा बर्ग अन्तर्गतको नयाँ बर्ष  मनाउदैछन । तामाङ संस्कृति, चालचलन, परम्परा र दैनिकी झल्किने विशेष प्रस्तुतिहरुले भरिपुर्ण हुने यस बर्षको कार्यक्रमलाई बिगतका सल्लाहा सुझाब अनुसार पर्मर्जित गर्दै लगिएको पनि आयोजकले जनाएको छ। संस्थाले तामाङ संस्कृतिलाई बचाउने प्रमुख एजेन्ड बनाएकोले त्यही अनुरुप सिङ्गो समुदयको चिनारी र संस्कृतिलाई निरन्तर रुपमा प्रमुखताका साथ अगाडि ल्याउने सबैको कर्तव्य भएको बताउदै सोसाइटीले सबै नेपाली समुदायको उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छ। कार्यक्रम सम्बन्धि थप जानकारीका लागि आयोजक समिती सुनधोर्जे  तामाङ- ०४३२ ०२३ ८४१, अबिरल तामाङ- ०४३५ ७७४ २०४, बिशाल तामाङ -०४०२ १९० ६४३ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।