निरुको ‘पेरिस्कानो’ बजारमा 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

द नेपाली टाईम्स अष्ट्रेलियाकी सम्पादक नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ हालै एक कार्यक्रम विच लोकार्पण  गरिएको छ। फेब्रोवारी १ मा काठमाण्डौमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, एनएसडब्लुका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का साहित्यकार विप्लव प्रतीक, पूर्व-राजदूत लक्की शेर्पा,सङ्गीतकार न्ह्यू बज्राचार्य र लेखक त्रिपाठीले एकसाथ पुस्तकको विमोचन गरेका थिए।

पुस्तक लोकर्पण कार्यक्रममा शुभकामना मन्तव्य दिँदै मन्त्री भट्टराईले कला साहित्यको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सहयोग मिल्ने भन्दै कलाकार र साहित्यकारका सिर्जनाले मानिसलाई छिटो आकर्षित गर्ने बताए। साहित्यले पर्यटन प्रवर्द्धनदेखि संस्कृति र सम्पदाको संरक्षणमा समेत ठुलो टेवा पुर्‍याएको बताउदै मन्त्रि भट्टराईले  साहित्य बिनाको समाज कल्पना समेत गर्न नसकिने  कारण साहित्यले समाजको चित्र छर्लंग हुने बताए।

लेखिका नीरु त्रिपाठीले आफ्नो यो पहिलो सृजना भएका कारण पनि यसको आफुलाई पहिलो बच्चा पहिलो प्रमि जस्तै निकै माया लागेको बताईन। प्रबासको दिनचार्यमा पुस्तक लेख्न सहज नभएको बताउदै सन्तानको मुख देख्ना साथ प्रसाब पिडा बिर्सेकी एउटी आमा जस्तै पेरिस्कानो हातमा परे पछि सबै कुरा बिर्सेको बताईन।  आफुले कल्पना गरेका आफुले सोचेका बिबिध कुरा हरु अनि जीवन मा प्राप्त गरेका नगरेका सबैलाई पात्र खडा गरेर उसैमा ति घटना घटित भएको देखाउन सक्ने शक्तिशालि व्यक्ति लेखक हुने बताउदै यस मानेमा आफुले उठान गरेका पात्रहरु लाई पनि आफुले राम्रै न्याय गरेको बिश्वास पनि निरुले व्यक्त गरिन ।

 

लोकार्पण कार्यक्रममा महाबाणिज्यदुत दिपक खड्का साहित्यकार विप्लव प्रतीक, पूर्व-राजदूत लक्की शेर्पा,सङ्गीतकार न्ह्यू बज्राचार्य ,बुक हिलका प्रकाशक भूपेन्द्र खडका लागाएतका अतिथिहरुले ‘पेरिस्कानो’ देश छोडेका धेरै युवा युवतीले आफ्नो प्रतिबिम्ब देख्ने कथा हुने बताउंदै शुभकामना दिएका थिए । द नेपाली टाईम्स अष्ट्रेलिया संग कुरा गर्दै निरु त्रिपाठीले कर्मथलो मेलबर्न फर्के लगतै अष्ट्रेलियामा पनि समय मिलाएर ‘पेरिस्कानो’ लाई सार्बजनिक र पुस्तक परिचयको रुपमा अन्तरक्रिया कार्यक्रम गर्ने आफ्नो विचार रहेको बताईन्।