अख्तियारविरुद्ध प्रदर्शन गर्ने साझा पार्टीका दर्जनौं नेता कार्यकर्ता पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय घेर्न टंगालस्थित आयोगको मूल गेट अगाडि पुगेका साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा ठूला नेता र माथिसम्म पहुँच भएका व्यक्तिलाई उन्मुक्ति दिएको भन्दै बिहीबार उनीहरुले आयोगविरुद्ध नारा जुलुस निकालेका थिए ।
‘एक देशमा दुई कानून मान्य नहुने, ठूला नेतालाई उन्मुक्तिको उपहार, यस्तो पाराले कसरी चल्छ अख्तियार ? ’ जस्ता नारा लगाएर सिठी जुलुससहित विरोध प्रदर्शन गरेका थिए । विरोध गर्दै आयोगको गेट अगाडि पुगेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ललिता प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको बताउँदै साझाले विरोध प्रदर्शन गरेको हो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...