आईजीपी खनालको आजबाट पदावधि सकियो, ज्ञवाली नयाँ आईजीपी !

काठमाडौं- सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी) बनाउने भएको छ ।
मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ । उनी आईजीपी भए पाँच महिना सो पदमा रहनेछन् ।
आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै छन् । आजबाट आइजीपी खनाल, तीनजना एआइजी र १८ जना डिआइजीले एकै साथ अवकाश पाएका छन् ।
अबको नयाँ महानिरीक्षक डिआइजीबाट सिधै हुनेछ । महानिरीक्षक खनाल अवकाशमा जाने भएपछि नयाँ आइजीपीका लागि दौडधुप भइरहेको छ । २७ औँ प्रहरी महानिरीक्षकका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा छ ।
आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबीच सोमबार छलफल भएको थियो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...