सिड्नीका अभिभाबकहरु का लागि बनभोज कार्यक्रम आयोजना गरिदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

आफना सन्तानहरु भेट्न र घुमघामका लागि नेपाल देखि अष्ट्रेलिया आई सिड्नी वरपर रहनु भएका अभिभाबकहरु को सम्मानमा एनआरएनए अष्ट्रेलिया  न्युसाउथ वेल्स समितिले एक दिने घुमघाम सहितको बनभोज कायर्क्रमको आयोजना गर्दैछ । आउँदो फेब्रुअरी २९ मा बिहान ७. ३० देखि साँझ ६.३० सम्म हुने उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक एनआरएनए   न्युसाउथ वेल्स समितिले जनाएको छ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङका अनुसार बिगतका बर्षहरु मा  निक्कै सफल र ठुलो संख्यामा अभिभाबकहरु सहभागी रहेको यो कार्यक्रमलाई यस पटक अझ व्यापक बनाउन सिड्नीका १४  भिन्न स्थान र न्युक्यासल/सेन्ट्रलकोष्ट एक गरि १५ स्थानबाट अभिभाबकहरु लाई बिहान ७. ३० बजे पिक अप गर्ने र साँझ ६. ३० मा सोहि स्थानमा ड्रप गर्ने गरि संस्थाका सदस्य र स्वयंसेवकहरु तोकिएको छ। इच्छुक अभिभाबक वा तिनका छोरा/छोरी वा नजिकका इस्टमित्रहरु ले आ-आफ्नो क्षेत्रमा तोकिएका व्यक्तिलाई सम्पर्क गरि फेब्रोवरि २१ वा जति सक्दो छिटो फर्म भर्न पनि उपाध्यक्ष  देव गुरुङले सबैलाई अनुरोध गरेका छन्।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा नर्थ उल्लङ्गनको स्टुअर्ट पार्कमा आयोजना हुदै गरेको उक्त बनभोज कार्यक्रममा यस बिचमा पर्ने हिन्दु मन्दिर, बौद्द मन्दिरको दर्शन र बिबिध प्राकृतिक सुन्दर दृष्यहरु को अवलोकन गराइने कार्यक्रम रहेको छ।  यसै गरि बनभोज कार्यक्रममा सहभागी अभिभाबकहरु लाई सामान्य स्वास्थ परिक्षण गराइने कार्यक्रम पनि रहेको छ। यसका साथै बिहान र दिउसोको खाजा/खाना सहित बिबिध संस्कृतिक कार्यक्रम गर्दै बुवा आमा हरु संग नाच्दै गाउदै रमाउदै कार्यक्रमको समापन गरिनेछ।  यस सम्बन्धि सम्पूर्ण जानकारी माथिको पोस्टरबाट वा थप जनाकारीका लागि पोस्टरमा उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।