प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – सेक्युरिटी प्रेस खरिदका लागि कमिसनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न भएको आरोपमा उहाँसहित चार जनाविरुद्ध छानबिन गर्न माग गर्दै आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरिएको छ ।
प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध सो आरोपमा छानबिन गर्न माग गर्दै उजुरी दायर गरिएको हो ।
बाँके जिल्लास्थित नेपालगन्जका प्रेमबहादुर शाही र मकवानपुर जिल्ला हेटौंडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायतविरुद्ध सेक्युरिटी प्रेस प्रिन्टिङ खरिद गर्नका लागि भ्रष्टाचार गर्न लागेको उल्लेख गदै अख्तियारमा उजुरी दायर गरेका हुन् ।
उनीहरूले भू–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारलगायतमा भ्रष्टाचार गरेको आरोपमा प्रधानमन्त्री ओली, पूर्वसञ्चारमन्त्री बाँस्कोटा, पूर्वसूचना सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानविन गर्न माग गरेका छन् ।
पूर्वमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि नेपालस्थित एजेन्टसँग ७० करोड रुपियाँ कमिसन चाहिने भनी माग गरेको अडियो सार्वजनिक भएको थियो ।
त्यस्तो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। प्रधानमन्त्री ओलीलाई सो अडियोबारे डेढ महिनाअघि नै जानकारी भए तापनि त्यस सम्बन्धमा खासै चासो नदिएको उजुरीमा उल्लेख गरिएको छ ।
त्यस्तो जानकारी भए तापनि प्रधानमन्त्री ओलीले त्यसलाई लुकाएर मतियारको कार्य गरेको उजुरीमा जनाइएको छ ।
पूर्वसञ्चार मन्त्री बाँस्कोटाले प्रेस खरिद गर्दा २७ अर्ब लाग्ने भए तापनि त्यसलाई बढाएर २८ अर्ब बनाउनुपर्ने, सोबापत कमिसन ७० करोड रुपियाँ हुनुपर्नेजस्ता माग राखेको अडियो सार्वजनिक भएको थियो ।
नेपाल टेलिकमको फोरजी सञ्चालनमा अर्बौं रुपियाँ भ्रष्टाचार भएको दाबीसहित रहस्य सार्वजनिक भए पनि अख्तियारले त्यस सम्बन्धमा अनुुसन्धान नगरेकोमा सार्वजनिक रूपमा असन्तुष्टि हुँदै आएको छ ।
पूर्वसञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीको विश्वास प्राप्त व्यक्ति भएको उल्लेख गरिँदै आएको छ । प्रधानमन्त्री ओलीको विश्वास प्राप्त भएका कारण बाँस्कोटाले उन्मुक्ति पाउने हुन् कि भन्ने आशंका पनि व्यक्त गरिँदै आएको छ ।
अख्तियारले सेक्युरिटी प्रेस खरिद घोटाला प्रकरण, फोरजी प्रकरण, अप्टिकल फाइबर विस्तार प्रकरणमा छानबिन नगरेको भनी आरोप लाग्दै आएको छ। ती भ्रष्टाचार प्रकरणमा शीघ्रातीशीघ्र छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...