सिड्नीमा रामकृष्ण ढकाल साँझ हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाल सुगम संगीतका नक्षत्र समुधर स्वरका धनि रामकृष्ण ढकाल आफ्ना कालजयी गीतहरु लिएर सिड्नी अष्ट्रेलिया आउदै छन् । आउँदो मार्च ६ को साँझ ७ बजेबाट रकडेलको इन्द्रेणी फङसन सेन्टरमा हुदै गरेको  रामकृष्ण ढकाल साँझमा ढकालली आफ्ना सदाबाहर एबं नयाँ पुराना गीतहरु गाउने आयोजकले जनाएको छ। गायक ढकाललाई सिड्नीका स्थानीय प्रतिभावान गयाक/ गायिका रमण रेग्मी र  सुजाता उपाध्यायले साथ दिने छन् ।
एनआरएन टेलिभिजनको आयोजनामा हुन लागेको उक्त कार्यक्रमका लागि टिकट दर सामान्य टिकट ५० डलर र बिशेष टिकट १०० डलर राखिएको छ। tiketplus बाट अनलाइन टिकट  व्यवस्था गरिएको सो कार्यक्रम उपस्थिति भइ एक भिन्न खालको सांगेतिक माहोल स्वाद लिन पनि आयोजकले सिड्नी वरपरका सबै नेपालीहरु लाई अनुरोध गरेको छ।