प्रधानमन्त्री भन्नु हुन्छ- मिश्र ‘फटाहा’ बाँस्कोटा ‘निर्दोष’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्दोष भएको बताउनुभएको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनधिकृत तवरले अडियो सार्वजनिक गरेको छ । तर केही प्रमाण छैन, सत्यता पुष्टि भएको छैन, स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’
आफ्नो समेत नाम जोडेर अख्तियारमा दिइएको उजुरी औचित्यहीन भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले थप्नुभयो– ‘बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिनुभएको हो। अडियो सार्वजनिक गर्ने व्यक्ति विजय मिश्र फटाहा भएको पुष्टि भइसकेको छ। त्योसँग त डिल नै भएको छैन।
फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरूको डिल भएको छ, कुरा भएको छ। अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन।’
पार्टी र सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्रहत्या गर्न संगठित प्रयास भइरहेको उहाँको दाबी थियो।
सरकारले सुशासन र स्वच्छताको पक्षमा काम गरिहेको बताउँदै प्रधानमन्त्री ओलीले धारणा राख्नुभयो– ‘मैले भनेको छु, भ्रष्टाचार भेटियो भने देखियो भने अनुहार नहेरी कारबाही गर्छु, ऐया आत्था कसैले नगर्नुहोला। हामी सुशासनको पक्षमा छौं।’
स्मरणीय छ, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको थियो।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...