मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री अप्रेशन थिएटरमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा प्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदैछ। सबा १० बजे प्रधानमन्त्रीलाई शल्यक्रिया कक्षमा लगेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए । शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने डा. उत्तम शर्माले जानकारी दिएका छन् ।
शल्यक्रियाअघि चिकित्सक तथा विशेषज्ञहरुको विशेष परामर्श बैठक बसेको थियो। अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्।
त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा प्रधानमन्त्री ओलीलाई राखिएको छ। अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अस्पतालका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन् ।
शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको एक टोलीले दाताकोे शल्यक्रिया गर्ने र अर्काे टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गर्नेछ । शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकहरुले दिएका छन्।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको बिभिन्न परीक्षण गरेर शरीरलाई प्रत्यारोपणका लागि अनुकुल बनाइएको थियो।
ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार पनि काठमाडौंमा छन् । उनलाई ब्याकअपको रुपमा राखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो।त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...