बास्कोटाको घरमा बम विस्फोट, प्रचण्डद्वारा अपराधीलाई कडा कारवाहीको माग

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं-  पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा भएको विस्फोट सम्भावित खतराभित्र नै परेको प्रहरीले स्वीकार गरेको छ ।

भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सविन प्रधानले उक्त विषय स्वीकार गर्दै भने,‘उहाँलाई सुरक्षा खतरा रहेको भन्ने सूचना प्रहरीलाई थियो, सोहीअनुसार हामीले सुरक्षा प्रबन्ध मिलाएका थियौं ।’

बास्कोटाको घरको सुरक्षाका लागि सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक (सई) सहित दुई जनाको टोली खटाइएको थियो । तर, उनीहरूले सुईँको समेत नपाउनेगरी बास्कोटाको घरको कम्पाउन्डभित्र नै बम विस्फोट गराइयो ।

विस्फोटको जिम्मा हालसम्म कसैले नलिए पनि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले गराएको हुनसक्ने अनुमान गरिएको छ ।

विप्लवका कार्यकर्ता पक्राउ

यसैबीच, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घर नजिकै बम विस्फोट गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का भक्तपुर जिल्ला सदस्य देव गुरुङ रहेका छन् । बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान करिब आठ बजे बम विष्फोट भएको हो । गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङलाई दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो ।

प्रचण्डको विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आतङ्ककारी समूहले प्रेसर कुकर बम प्रहार गरेको बताएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दाहालले घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न अनुरोध गरेका छन् ।

“म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा भनिएको छ ।