कोरोनाको त्रासबीच बिहिबारदेखि एसईई, नयाँ भर्ना बन्द

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई परीक्षा शुरू हुनु दुई दिनअघि हिजो मंगलबार जारी गर्नुभएको अपिलमा मन्त्री पोखरेलले भोलि बिहीबारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० भने नरोकिने जानकारी दिनुभएको छ ।
यस वर्षको एसईई परीक्षा भोलि बिहीबारदेखि सुरु हुँदै छ। विद्यालय बन्द गर्ने बताए पनि सरकारले करिब ५ लाख विद्यार्थी सहभागी हुने उक्त परीक्षा तत्काल नरोक्ने बताएको हो ।
उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गरिने भएकाले परीक्षा नरोकिने स्पष्ट पार्दै पोखरेलले सबै विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ ।
तीन हप्तासम्म विद्यालय बन्द गर्न अपिल गर्नुभएको छ । उहाँले यो अवधिमा स्कुले उमेरका करिब ७० लाख बालबालिकालाई परिवारसँग घरमै बस्न अपिल गर्नुभएको हो ।
‘संकटको अवस्थामा सबैले सहयोग गर्नुपर्ने दायित्व भएकाले अपिल गरेका हौं । विश्वविद्यालयले लिइरहेको र अब लिने परीक्षाको विषयमा कस्तो निर्णय गर्ने भन्ने विषयमा उपकुलपतिहरूसँग छिट्टै बैठक बसेर निर्णय दिइनेछ ।’
मन्त्री पोखरेलले आज ५ गतेसम्म परीक्षा सकिएका १ देखि ९ कक्षासम्मका सबै विद्यार्थीलाई भोलिबाट परिवारसँग बस्न अपिल गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमणको त्रास रहेको अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान र यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न उहाँले अपिल गर्नुभएको छ ।
मन्त्रालयको अपिल सबैले पालना गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले भन्नुभएको छ– ‘कतिपय स्थानीय तहले मन्त्रालयको निर्देशन अटेर गरी आ–आफ्नै ढंगले परीक्षा सञ्चालन र विद्यालय भर्नासम्मका क्रियाकलाप गर्न थालेपछि शिक्षाले संघीय मन्त्रालयमार्फत सबै कार्यक्रम स्थगित गर्न मन्त्रालयले पत्र पठाउने तयारी गरेको छ ।’
स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालसँगको परामर्श र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उच्चस्तरीय समितिसँगको छलफल तथा विश्लेषणका आधारमा एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध गरिएको मन्त्रीको अपीलमा उल्लेख छ।
मन्त्री पोखरेलले विद्यार्थीलाई स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा हेल्थडेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।
अपिलमा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक नो अब्जेक्सन लेटर ९एनओसी० मा सरकारले लगाएको रोक दुई अवस्थाका लागि खुला गरिएको उल्लेख गरेको जनाउनुभएको छ ।
उता शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आफैं विद्यालय बन्द गर्न आग्रह गरेका निजी विद्यालयले आफैंले भर्ना खुलेको सूचना दिनु गलत भएको बताउनुभयो ।
अहिले हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माको ह्वाइट हाउस वल्र्ड स्कुल, अक्षरा, रोजबर्ड प्रिमियर, मोदीलगायत नाम चलेका दुई दर्जन बढी ठूला विद्यालयले भर्ना खोलिसकेका छन् ।
प्रवक्ता शर्माले भर्ना लिने समय वैशाखदेखि भएकाले अहिलेदेखि आत्तिएर तनाव बढाउन जरुरी नभएको बताउँदै भन्नुभयो– ‘अब विद्यालयमा तीन हप्ता भीडभाड हुने सबै कार्यक्रम स्थगित गर्छौं ।’
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



