एसइइ‌ स्थगित !

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – 

सरकारले आज बिहिबार देखि  हुने एसईई परीक्षा सहित सबै तहसम्मका परीक्षा स्थगित गरेका छ ।

कोरोनाको जोखिम बढेको भन्दै सिटिईभिटी लगायत विश्व विद्यालयका सबै तहका परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

कोभिड १९ को संक्रमणको खतरासंग विश्व नै त्रसित भईरहेका बेला नेपालमा पनि यसको तीब्र तयारी सुरु भएको छ ।

सरकारी,सामुदायिक तथा निजी क्षेत्रबाट संचालित सबै प्रकारका बालबिकास केन्द्रहरु,आधारभूत तथा माध्यामिक विद्यालयहरु,शैक्षिक प्रतिष्ठानहरु र विश्वविद्यालयहरुको पठनपाठन पनि बन्द गर्ने निर्णय भएको छ ।

यस्तै अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट संचालन हुने सबैप्रकारका तालिम,गोष्ठीसभा सम्मेलन जस्ता कार्यक्रमहरु पनि चैत मसान्तसम्मका लागि गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।