राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- आज दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरिएको बताइएको छ ।

कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउँदै बैठक स्थगित गरिएको जानकारी दिइएको छ । प्रतिनिधिसभाको बैठक पनि एक हप्ता पछि सारिएको छ ।