चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ- सरकारले भोलि सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको इकान्तिपुरले जनाएको छ ।