अष्ट्रेलिया सरकार नेपालमा रहेका आफ्ना नगारिक तथा स्थायी बासिन्दाहरु लाई उद्दार गर्ने तयारीमा !

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
कोरना भाइरसका कारण यति बेला बिश्व नै ठप्प जस्तो भएको छ । कोरोनाभाइरस संक्रमणसंग सामना गर्न विश्वका  धेरै  मुलुकहरुले यात्रामा प्रतिबन्ध गर्नुका साथै आन्तरिक जनजीवनमा पनि तालाबन्दी ” लक् डाउन” घोषणा गरिसकेका छन् । नेपाल सरकारले पनि पूर्ण बन्द घोषणा जारि गरिसकेको छ र मानिसहरु सोहि ठाउँमा रहुन भनेर “लक् डाउन” आदेश जारि  गरेको छ । सबैजना आ-आफ्नो घर भित्रै रहनु पर्ने छ भने देश बाहिर रहेका कोहि पनि देश प्रवेश गर्न पाउने छैनन् । अष्ट्रेलिया सरकारले आफ्ना नागरिक, स्थायी बासिन्दा र परिवारका सदस्य  बाहेक अन्यलाई अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ ।  यसरि हुन गएको अप्रत्याशित उडानहरु रद्ध र यात्रा प्रतिबन्धका कारण थुप्रै अष्ट्रेलियन नागरिक  तथा पर्मानेन्ट रेसिडेन्टहरु  देश बाहिर अड्किन बाध्य छन् । साउथ अमेरिकाको पेरुदेखि इन्डोनेसियाको बालि हुदै थुप्रै क्रुज शिपहरुमा अष्ट्रेलियनहरु  अन्यौल सामना गर्न बाध्य छन् ।
यस परिस्थितिमा अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरुलाई उद्धार गर्ने योजना अनुरुप नेपालमा रहेका अष्ट्रेलियनहरु लाई चार्टर फ्लाइट पठाउने योजना बनाएको बुझिएको छ ।
यसको जानकारी काठमान्डौ स्थितअष्ट्रेलियन एम्बेसीको फेसबुक पेज (https://www.facebook.com/australianembassynepal/ ) मार्फत जनाइएको छ । यसको लागि नेपाल बिभिन्न शहरहरु र पर्यटकिय ठाउँहरुमा अड्किएकाहरु लाई जति सक्दो छिटो राजधानी काठमान्डौ आउन र एम्बेसीसंग सम्पर्कमा रहन एक पत्र मार्फत अनुरोध पनि गरेको छ । यसैको तयारी स्वरूप हालै लुक्लाबाट नेपाल सरकार संगको समन्वयमा १४ जना अष्ट्रेलियनहरु लाई काठमाण्डौ ल्याउने अन्तिम तयारी रहेको र अन्य कोहि छुटेका भए सम्पर्क गर्न अनुरोध गरिएको छ।

थप जानकारीको लागी नेपाल स्थित अष्ट्रेलियन राजदुतावासको सम्पर्कनम्बर +९७७ १ ४३७ १६७८ मा कल गर्न  अर्थात्  एम्बेसीको इमेल (austembassy.kathmandu@dfat.gov.au)मा सम्पर्क गनु हुनहुन अनुरोध गरिएको छ ।