२४ घण्टामा विश्वभर कोरोनाबाट ३ हजार ७ सय १६ जनाले ज्यान गुमाए

काठमाडौँ- कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन् । अमेरिका, इटाली र स्पेनको अवस्था चीनभन्दा पनि निकै खराब देखिएको छ ।
अमेरिकामा सोमबार यता पछिल्लो २४ घण्टामा ५ सय ६५ जनाको मृत्यु भएको छ भने १९ हजार ९९९ जना नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ४८ पुगेको छ भने १ लाख ६३ हजार ४ सय ९० जना संक्रमित रहेका छन् ।
त्यस्तै इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय १२ जनाको मृत्यु भएको छ भने ४ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ भने १ लाख १ हजार ७३९ जना संक्रमित बनेका छन् ।
त्यस्तै स्पेनमा एकै दिन कोरोनाबाट सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा स्पेनमा ९ सय १३ जनाको मृत्यु भएको छ भने ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ भने ८७ हजार ९ सय ५६ जना संक्रमित रहेका छन् ।
कोरोनाको उद्गमस्थल मानिने चीनमा अहिलेसम्म ३ हजार ३०० को मृत्यु भएको छ भने ८१ हजार ४ सय ३४ जना संक्रमित रहेका थिए ।
अहिले चीनमा संक्रमित र मृत्यु हुनेको संख्या लगभग शून्य जस्तै बनेको छ। कोरोनाबाट बढी प्रभावित हुने देशको सूचीमा जर्मन पनि रहेको छ ।
जर्मनमा एकै दिन १०४ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ५० नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै जर्मनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६६५ रहेको छ भने ६६ हजार ८ सय ८५ जना संक्रमित रहेका छन् ।
कोरोना भाइरसको संक्रमण नेपालसहित विश्वका २०० देशमा फैलिएको छ ।
अहिलेसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८१ पुगेको छ भने ७ लाख ८४ हजार ४४० जना संक्रमित रहेका छन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



