प्रधानन्यायाधीशमा दोस्रो पटक सिफारिस

काठमाडौ— संवैधानिक परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको यो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा संघीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिएका छन् ।
परिषदको यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त गरेको थिएन । ‘दुईपटक सिफारिसको निर्णय गर्नु परेको हो ?’ भन्ने प्रश्नको जवाफमा मन्त्री खरेलले ‘परिषदको आजको निर्णय नै अन्तिम निर्णय हो’ भनेका छन् । यसअघि चैत २८ गते संवैधानिक परिषदको बैठक बसेको थियो । यसअघि पनि परिषदले कार्कीलाई नियुत्तिका लागि सिफारिस गर्ने निर्णय गरेपनि सभामुख ओनसरी घर्तीले निर्णयमा सही गर्न नमानेपछि यही एजेण्डामा निर्णय गर्न परिषद्को आज सोमबार बैठक बसेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...