प्रधानन्यायाधीशमा दोस्रो पटक सिफारिस

-- ?>

sushila-karki

काठमाडौ— संवैधानिक परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको यो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा संघीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिएका छन् ।
परिषदको यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त गरेको थिएन । ‘दुईपटक सिफारिसको निर्णय गर्नु परेको हो ?’ भन्ने प्रश्नको जवाफमा मन्त्री खरेलले ‘परिषदको आजको निर्णय नै अन्तिम निर्णय हो’ भनेका छन् । यसअघि चैत २८ गते संवैधानिक परिषदको बैठक बसेको थियो । यसअघि पनि परिषदले कार्कीलाई नियुत्तिका लागि सिफारिस गर्ने निर्णय गरेपनि सभामुख ओनसरी घर्तीले निर्णयमा सही गर्न नमानेपछि यही एजेण्डामा निर्णय गर्न परिषद्को आज सोमबार बैठक बसेको हो ।