के भन्छन अष्ट्रेलियाका प्रधानमंत्री विद्यार्थी र भिजिटरका बारेमा ?

आज ३ अप्रिल शुक्रबारका दिन आफ्नो नियमित पत्रकारहरु संगको भेटघाटमा अष्ट्रेलियाका प्रधानमन्त्रि स्कट मोरिशनले विद्यार्थी र भिजिटर भिषामा रहेका मानिसहरुका बारेमा मुख खोलेका छन् । प्रधानमन्त्रीले अपरान्ह १.४० मा पर्लियामेन्ट हाउस स्थित प्रधानमन्त्री कार्यालयको प्रांगणमा आयोजित पत्रकार भेटघाटमा उपस्थित पत्रकारहरु ले सोधेको प्रश्नको जवाफ दिदै विद्यार्थी र पर्यटकहरु लाई प्रदान गर्ने सहयोगका बारेमा सरकारको धराणा स्पष्ट पारेका हुन् ।
“यो संकटको घडीमा यदि कोहि टुरिष्ट अष्ट्रेलियामा छन् भने उंहाहरु आफ्नो देश फर्कने तर्फ सोच्नु उचित हुनेछ”, उनले भने । सबै राहत तथा उद्धारका उपायहरु अष्ट्रेलिया र अष्ट्रेलियनहरुका लागि अपनाइएको हो । त्यसै गरि इन्टरनेशनल स्टुडेन्टहरुका सवालमा पनि उनले सरकारको धारणा प्रष्ट पारे । “एक बर्षको लागि सम्पूर्ण खर्चको व्यवस्था गर्नु बिधार्थी भिषाको मापदण्ड अन्तर्गत पर्दछ र यो अब्यबहारिक छैन” भन्दै यस बारेमा इमिग्रेशन मिनिष्टरले केहि दिन भित्र आफ्नो योजना राख्ने संकेत दिए ।
अष्ट्रेलिया सरकारले करिब ३०० बिलियन डलर भन्दा बढीको राहत तथा सहयोग प्याकेज घोषणा गरिसकेको छ । उक्त सहयोग प्याकेजमा लक्डाउनको मारमा परि बेरोजगार बनेका विद्यार्थीहरु लाई पनि समेट्नु पर्छ भन्दै अष्ट्रेलिया स्थित नेपाली संघहरुको फेडेरेसन “फेन्का”, माइग्रेशन एजेन्टहरुको एलाइन्स “एका” ले सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
यता एनआरएनए अष्ट्रेलियाले सुरुका दिनदेखि नै आफ्नो सबै संजाललाई विद्यार्थीहरुको सहयोगमा जुट्न परिचालन गरेको छ । बिधार्थी कल्याणकारी कोषमा जम्मा भएको रकम समेत कोरोनभाइरस् संक्रिमित र आइसोलेशनमा रहेका विद्यार्थीहरुको सहयोगमा खर्च गरेको बुझिएको छ ।
प्रधानमन्त्रीको आजको भनाइले नेपाली विद्यार्थीहरुको सहयोगमा एनआरएनए, नेपाली दूताबास, महाबाणिज्य दुतहरु लगाएत सम्पूर्ण नेपाली सामुदायिक संघ संस्थाहरु माथि अरु जिम्मेवारी थपिएको प्रष्ट भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...