ब्रेकअपपछि सना

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

बलिउड अभिनेत्री सना खान पछिल्लो समय ब्रेकअपको खबरले चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा प्रेमीको विश्वासघात र ब्रेकअपको बारेमा फ्यानलाई जानकारी गराएकी थिइन् । उनले प्रेमी मेल्विनले कैयौं युवतीसँग सम्बन्ध राखेको मात्र नभई एक बालिकालाई गर्भवती पनि बनाएको सामाजिक सञ्जालमा खुलासा गरेकी थिइन् । ‘हालै म जब क्राबीबाट फर्किएँ । म ऊसँग बोलिन, किनकी उसले आफ्नो जिन्दगीमा मज्जा लिइरहेको थियो’, उनले भनेकी छिन्—‘फेब्रुअरी ३ मा उसको घरमा अचानक पुगेर उसलाई सरप्राइज दिएको थिएँ । त्यसको ठिक एकदिन पछि उसको जिन्दगीमा धेरै युवतीहरू रहेछन् भन्ने चाल पाएँ । उसले मलाई आफ्नो फोन दिएको थिएन, त्यो फोन मैले जबर्जस्ती खोसें । उसले मलाई चिट गरेको थाहा पाएपछि म डिप्रेसनमा परें । मैले २० दिनसम्म निन्द्राको औषधि नै खाएँ ।’