एकाले ५ लाख डलरको राहत कोष सहित बिबिध सहयोग गर्दै

प्रेस बिज्ञप्ति सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख ८, २०७७

सिड्नी/ अष्ट्रेलियामा अध्यानरत अन्तराष्ट्रिय बिधार्थीहरुलाई कलेज/युनिभर्सिटी भर्ना, कोर्ष छनोट लगाएत बिबिधि कुराहरु को  ब्यबसायिक रुपमा सहयोग गर्दै आइरहेका नेपाली मुलका एजुकेसन कन्सल्टेन्सीहरु को संस्था अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलाइन्स (एका)ले कोभिड-१९ का कारण अप्ठ्यारोमा परेका अन्तराष्ट्रिय बिधार्थीहरु लाई बिभिन्न किसिमले सहयोग पुराउने उदेश्यले पाँच लाख डलरको रहात कोष गठन सहित बिबिध सहयोग गर्ने भएको छ ।

कोभिड-१९ को प्रकोप संगै “एका”को अग्रसरतामा भए गरेका बिबिध कार्यहरु बारे जानकारी दिने र स्थापना गर्ने लागिएको अबको कोष लगाएत बिधार्थीका लागि संस्थाले गर्न लागेका बिबिध कार्यक्रमका बारेमा जानकारी दिने उदेश्यले संचारकर्मीहरु संग हालै एक भर्चुवल प्रेस मिटको आयोजना गरेको छ। प्रेस मिटमा एक प्रेस बिज्ञप्ति जारि गर्दै “एका”का अबका योजना र समुदायका अन्य स्टकहोल्डरहरु संगको सहकार्य बारेमा जनाकारी गराइएको थियो । प्रेस बिज्ञप्तिमा राहत कोष स्थापनाको कार्य संगै बिश्व बिद्यालय र कलेजहरु संग सहकार्य, नेपाली संघसंस्था र दुताबाससँग सहकार्य, अष्ट्रेलियन सरकारसंग सहकार्य, नेपालबाट पैसा ल्याउने प्रकृयामा सहजता, परामर्श सेवा र शुल्कमा सहुलियत, शैक्षिक संस्थासंग सम्बन्धित समस्यामा बिधार्थीलाई सहयोग, सुपरएनुएसन फन्डबाट पैसा निकाल्ने काममा सहयोग, मानसिक स्वास्थ र जनसचेतना कार्यक्रम गरि “एका”ले अब गर्ने कार्यहरुका बारेमा जानकारी गराइएको छ । प्रेस मिटमा संस्थाका अध्यक्ष पिआर अधिकारीले कोभिड-१९ का कारण अप्ठ्यारोमा परेका बिधार्थीहरु लाई पहिलो चरणको रहात स्वरूप एकलाख डलर उपलब्ध गराइने बताउनु भयो। यसै गरि संचारकर्मीका बिबिध जिज्ञासाहरुलाई एकाको तर्फबाट रहत कोष संकलन समितिका संयोजक एबं पुर्व अध्यक्ष विवेक थापा, बर्तमान उपाध्यक्ष राजेश राज जोशी, बाल चन्द्र भट्टराई,अभिमान सिंह बस्नेत, भुपाल सिटौला, दिपक क्षेत्री, सुदिप खनाल, सन्जिब पाण्डे लगाएतले प्रष्ट पर्नु भएको थियो ।

“एका”ले यति बेला तत्काल देखिएका प्राथमिक र मानबिय समस्याहरु अनि भविष्यमा आउने पठान/पाठनमा निरन्तरता, बिधार्थी र तिनका डिपेण्डेण्टहरु संग सम्बन्धित बिबिध स्वास्थ समस्या लगाएतका समस्याहरु लाई तत्कालिन र दिर्घकालिन गरि समाधान गर्न चरणबद्द राहत, चरणबद्द सहयोग, बिधार्थी, तिनका अभिभाबक, शैक्षिक संस्था, नेपाल र यहाँको सरकारी निकाय, सामाजिक संघ संस्थाहरु संग सहकार्यको लागि सक्रिय रही रहने पनि उक्त अबसरमा जानकारी दिइएको थियो ।  जानकारी (इन्फर्मेसन) का अभाबमा धेरै भन्दा धेरै बिधार्थी अलमलमा परेको अहिलेको परिप्रक्षेमामा अन्य राहत जस्तै परामर्श र मानसिक स्वास्थका लागि कसरि निरन्तर सेवा दिने भन्ने बिषयमा पनि “एका” सजग रहेको र सोहि अनुसार कार्य योजना बनाइएको पनि जनाईएको थियो।

यसै गरि “एका”ले तत्काल सम्पर्क र जानकारीका लागि सन्जिब पाण्डेको संयोजकत्वमा राजेश जोशी, सन्दिप खनाल र दिपक क्षेत्री सहितको मिडिया सम्पर्क टिम पनि गठन गरेको छ। यसको साथै संस्थाको फेसबुक पेज https://www.facebook.com/australianeducationconsultantsalliance/ मा निरन्तर अपडेट हुने जानकारीहरु  बाट लाभान्वित हुन पनि “एका”ले  सबै बिधार्थीहरु लाई अनुरोध गरेको छ।