छन्द नै खास होस्

छन्दनै राग हो छन्द नै सिर्जना
छन्द भो स्वादिलो छन्द नै तिर्सना ।
छन्दका रागमा डुब्नु पो जिन्दगी
छन्दले पूर्ण यो जिन्दगी बन्छ कि ।।१।
छन्द मात्रा यही छन्द नै हो गण
छन्द हो फूल यो छन्दमै अर्पण ।
छन्द यात्रा यही छन्द हो सारथि
छन्दमै देख्छु यो काव्यको उन्नति ।।२।।
छन्दकै प्यास होस् छन्दकै भोक होस्
छन्दमा रास्ट्र होस् छन्दमै लोक होस् ।
छन्द बस्ती बनोस् छन्दमै गाउँ होस्
सिर्जना काव्यमा छन्दकै नाउँ होस् ।।३।
छन्द माटो यही छन्द नै हो मल
छन्द उर्जा तथा छन्द नै सामल ।
छन्द नै उब्जनी छन्द हो धान यो
छन्द नै ज्ञान हो छन्द बिज्ञान हो ।।४।।
छन्द होस् लेखनी सिर्जना छन्द होस्
छन्द नै प्राण होस् साधना छन्द होस् ।
छन्द धर्ती बनोस् छन्द आकाश होस्
छन्द नै सम्पदा छन्द नै खास होस् ।५।।
छन्द दिवसकाे उपलक्ष्यमा प्रकाशित छन्द कविता : स्रविग्णी छन्द
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...