नेपाल फर्काउन असमर्थ छौं – नेपाली दुताबास 

बिज्ञप्ति सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अष्ट्रेलियाको लागि नेपाली दुताबास क्यानबेराले अहिलेको परिस्थितिमा नेपाल जान चाहने नेपाली नागरिकलाई नेपाल फर्काउन दुताबास असमर्थ रहेको जनाएको छ । आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी आउन लागेको सन्दर्भमा उक्त जहाज फर्कदा नेपाल जानै पर्ने अवस्था भएका नेपालीहरू लाई फर्काउन सामाजिक संजाल, फोन र इमेलबाट आएका माग र अनुरोध प्रति दुताबासको ध्यानआकर्षण भएको हालै एक बिज्ञप्ति प्रकाशित गरि जनाएको छ।

बिज्ञप्तिमा कोरोना भाइरसका कारण बिश्व नै अकल्पनीय महामारी संग जुधीरहेको सन्दर्भमा नेपाल, अष्ट्रेलिया लगाएत सबै देशहरु यसको असर परेको र यसको लागि नेपालले अन्तर्राष्ट्रिय यात्रु आगमनमा रोक लगायतका विभिन्न उपायहरू अपनाएर आफ्ना नागरिकहरू को सुरक्षालाई प्राथमिकतामा राखेको बताइएको छ ।  नेपाल सरकार संसारभर छरिएर रहेका आफ्ना नागरिकहरूको सुरक्षा र बसोबासप्रति पनि अत्यन्तै संवेदनशील रहेको भए पनि यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचनाका कारण  केही समयको लागि धैर्य धारण गरि आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन पनि अष्ट्रेलियामा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनी, एवम् विद्यार्थी भाइबहिनीहरू मा  राजदूतावासले अनुरोध गरेको छ ।

यसै गरि यो अफ्ठ्यारो परिस्थितिमा कसैलाई पनि खान, बस्न लगायतका कुनै पनिसमस्या  भएमा राजदूतावासमा र भिसा सम्बन्धी जिज्ञासा वा समस्या भएमा अष्ट्रेलियन इमिग्रेसनमा सम्पर्क राख्नु हुन समेत राजदूतावासले अनुरोध गरेको छ ।