सरकारले मे १५ मा नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षका लागि मे १५ मा नीति तथा कार्यक्रम ल्याउने भएको छ । संघीय संसद्ले अघि सारेका कार्यक्रमहरुमा नीति तथा कार्यक्रम ल्याउने संभावित मिति मे १५ उल्लेख छ ।
सरकारले ल्याउन लागेको बजेटबारे संसद्मा हुने प्रि–बजेट छलफल भने संसद्मा मे १० देखि शुरु हुने भएको छ । सरकारका नीति तथा कार्यक्रम र बजेट संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने प्रावधान छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुहुनेछ ।
मे २८ का दिन सरकारको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । प्रि–बजेट छलफल प्रतिनिधि सभामा मे १०, ११ र १२ मा तथा राष्ट्रियसभामा मे १० र ११ मा हुनेछ । प्रि–बजेट छलफल बजेट आउनुभन्दा १५ दिन अगाडि शुरु गर्नुपर्ने व्यवस्था छ ।
संघीय संसद्को छैटौं अधिवेशन शुरु हुनुअघि सांसद तथा कर्मचारीमा कोभिड–१९ संक्रमण रहे नरहेको बारे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उच्च स्वास्थ्य सुरक्षाका बीच अधिवेशन आह्वान भएको उल्लेख गर्दै सचिवालयले प्रतिनिधिसभाका सांसद, राष्ट्रिय सभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मीसहित ४ सय ४१ जनाको स्वाब संकलन गरेको हो ।
संसद् सचिवालयका अनुसार १ सय ७९ प्रतिनिधिसभा सांसद, ३३ राष्ट्रिय सभा सदस्य तथा कर्मचारी र मर्यादापालक गरी २ सय २९ जनाको स्वाब संकलन भएको र उनीहरुको परीक्षण शुरु भएको छ । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन आज शुक्रबार विहान ८ बजेदेखि १० बजेसम्म गर्ने सचिवालयले जनाएको छ ।
प्राथमिकताका आधारमा संक्रमित क्षेत्रका सांसद, संक्रमणका समय काठमाडौं बाहिर गएका सांसदको पहिलो चरणमा परीक्षण गर्ने संसद् सचिवालयले जनाएको छ । संक्रमण देखिए उनीहरुलाई तत्काल आईसोलेसनमा पठाउने र नदेखिए भोलिबाट शुरु हुने अधिवेशनमा सहभागी हुन सक्ने सचिवालयको भनाइ छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



