चीन सरकारको सहयोगमा ३० हजार पीसीआर किट

काठमाडौं- नेपालमा कोरोना संक्रमीतको संख्या बढ्दै गएपछि परिक्षण किटनै नभएको कारण परिक्षणमै संकट आएसँगै चीन सरकारले आइतबारसम्म उपलव्ध गराउने भनेको ४० हजार पीसीआर किट मध्ये ३० हजार किट शनिवारै नेपाल पुर्याएको छ ।
चीनको छोङछिङजियाङबेबाट हिमालय एयरलायन्स मार्फत शनिवार विहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआरु किट लिएर आईपुगेको थियो ।
शनिवार ३० हजार पीसीआर किट र त्यसका लागि चाहिने रिएजेन्ट, १० हजार थान डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्क लगायतका कोभिड १९ उपचारका लागि चाहिने अत्यावश्यक सामग्री आइपुगेको र १० हजार पीसीआर आईतबार पनि आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।
जिल्ला जिल्लामा पीसीआर सामग्रीको अभावमा परिक्षण रोकिएको कुरा के हो भन्दा महानिर्देशक श्रेष्ठले कोभिड अस्पतालमा कतै अभाव छैन जति चाहिन्छ हामी दिन तयार छौ भन्नुभयो ।
यता हिमालय एयरलायन्सले आफ्नो कार्गो उडान मार्फत चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको जनाएको छ । यता विमानस्थलले हिमालयन्स एयरलायन्सले आज छ हजार ८ सय ९२ केजी स्वास्थ्य सामग्री आएको उल्लेख गरेको छ ।
एयरलायन्सले आफ्नो कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...