नेपाल बाहिरका नेपालीमा कोरोना : यस्तो छ पछिल्लो तथ्यांक

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९० संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो ।

संयुक्त अरब इमिरेट्स ९युएइ० मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एक एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एक एक थपिएका छन् ।

संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार ४७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको उक्त आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार नेपालमा १०९, कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा २४५, युएइमा १४९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन र अष्ट्रलियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा छ, स्विट्जरयाण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यो साता फिनल्याण्ड र स्वीडेन ९एक मृत्यु० मा नेपालीमा नयाँ संक्रमण देखिएको एनआरएन, कोडिभ –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

३५ हजारलाई राहत
एनआरएनले कोभिड –१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ ।

संस्थाका महासचिव डा. हेमराज शर्माका अनुसार ४६ देशका २७० भन्दा बढी क्षेत्र ९शहर० मा एक हजार ६ सयभन्दा बढी स्वयंसेवक राहत वितरणमा सक्रिय छन् ।

पैँतीस हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्षरुपमा राहत सामग्री ९खाना, मास्क, स्यानिटाइजर, औषधि आदि० प्राप्त गरेको संस्थाले जनाएको छ ।

एनआरएनएले विभिन्न देशमा सञ्चालन गरेको २४ सै घण्टा हटलाइन सेवामार्फत ३६ हजारभन्दा बढी नेपालीलाई वन टु वन परामर्श ९राहत, भाषा अनुवाद, स्थानीय कानून, रोजगारी, नेपाल फर्किने आदि० दिएको जनाएको छ ।

संस्थाले चीनबाट कोरोना भाइरसको संक्रमण शुरु भएलगत्तै एनआरएनका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरेर आफ्ना गतिविधि तीव्र बनाएको थियो ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।