काठमाडौंमा पनि भेटिए कोरोना संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं -मंगलबार काठमाडौंमा एक र भक्तपुरका दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

त्यस्तै गरी काठमाडौंकी ३३ वर्षीया महिलालाई पनि कोरोना देखिएको छ ।

उनीहरु सहित मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सामा मात्रै १८ जना संक्रमित भेटिएका छन् ।

जसमा ६ जना पुरुष रहेका छन् भने १२ जना महिला रहेका छन् ।

डा. अधिकारीका अनुसार महोत्तरीमा १६ र ३५ वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

अर्कातिर प्रदेश २ कै सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अधिकारीले बताए ।

यसअघि हिजो नै नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियो ।

थपिएका संक्रमितमध्ये ३९ जना पर्साका छन् । य

रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।