कोभिडसेफ एप्स डाउनलोड गर्न अष्ट्रेलियन सरकारको अनुरोध 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी, अष्ट्रेलिया | कोभिड -१९ को सक्रंमणलाई रोक्न बिभिन्न किसिमका उपाएहरु र जनचेतना बढाउने क्रममा गएको केहि हप्ता देखि अष्ट्रेलियन सरकार स्वास्थ बिभागले कोभिडसेफ एप्स ( Covid Safe Apps ) को अबधारणा अगाडी सरेको छ । मोबाइल फोन प्रयोग गर्ने सबैलाई यो एप्स डाउनलोड गर्न सरकारले गरेको आह्वान संगै ५० लाख भन्दा धेरैले एप्स डाउनलोड गरिसकेको जनाईएको छ । यो एप्सले कोरोना भाइरस भएको कसै सँग जान वा अन्जान सम्पर्क हुन गएमा उक्त सम्पर्कमा पुगेको व्यक्तिलाई छिटो सूचना दिनका साथै, त्यस पछि आपनाउनु पर्ने तरिका र सुरक्षित रहने सल्लाह एबं शारीरिक दुरी कायम गर्न मद्दत गर्दछ।

डाउनलोड गरि सके पछि यो एप्स व्यकग्राउण्डमा सकृय रहि रहन्छ ब्लुटुथका माध्यमले  अन्य एप्स प्रयोगकर्ता संग स्वचालित सम्पर्कमा रहने र कोहि संक्रमण व्यक्ति तपाई को नजिकमा भए मिति, समय, दूरी र सम्पर्कको अवधि रेकर्ड गर्दछ । यो एप्सले प्रयोगकर्ता काँहा हुनुहुन्छ भनि स्थान रेकर्ड भने गर्दैन तर अर्को १.५ मिटरको दुरीमा १५ मिनेट सम्म वा सो भन्दा बढी रहेको अर्को उपकरणको एप्स संग स्वचालित सम्पर्कमा रही जानकारी लिन्छ सो जानकारी फोनमा सेभ भएर २१ दिन सम्म रहन्छ । यदि सामान्यतय तपाइँ COVID-19 बाट संक्रमणित हुनु भयो भने वा अन्य कोहि व्यक्ति भयो भने स्वास्थ्य अधिकारीहरू ले  सक्रमित व्यक्ति सनक को को सम्पर्कमा आए सबैको बारेमा जानकारी लिन सक्छ र सोहि अनुसार सुचना प्रबाह गरि आबश्यक सबाधानी अपनाउन संदेश प्रबाह गर्न सक्दछ । यदि तपाईंले यो एप्स डाउनलोड गर्नु भएको छ भने, तपाईं स्वास्थ्य अधिकारीहरूलाई एप्समा रहेको जानकारी आफै लिन सक्नेछन्।  जसले गर्दा स्वास्थ्य अधिकारीहरु लाई ती व्यक्तिहरु लाई  चाँडो सम्पर्क गर्न र भाइरस को बृद्दीलाई रोक्न सजिलो हुनेछ ।

COVIDSafe एप्स कसरि डाउनलोड गर्ने 

मोबाइलफोन प्रयोग कर्ताले Android र iOS को  एप्स स्टोरहरूबाट COVIDSafe  एप्स खोजेर नि: शुल्क डाउनलोड गर्न सक्नेछन्। डाउनलोड गरेपछि, तपाईले नाम, फोन नम्बर, पोष्ट कोड र उमेरको दायरा रेकर्ड गरि आफ्नो फोनको ब्लुटुथ अन गरि छोड्न सक्नु हुन्छ।  कोभिड-१९ प्रकोप समन्य हुदै गए पछि यसलाई प्रयोग कर्ता जुन सुकै बेला फोन बाट हटाउन सकिन्छ।

यसका साथै कोभिड-१९ (COVID-19) को बारेमा थप जानकीको लागि अधिकारिक श्रोतहरु मा मात्र निर्भर हुन् अनुरोध गरिएको छ।  जसको लागि  australia.gov.au, राष्ट्रिय कोरोनाभाईरस मद्दत लाईन (National Coronavirus Helpline) को १८०० ०२० ०८० मा वा  ट्रान्सलेटिंङ्ग एण्ड ईन्टरप्रेटिङ्ग सर्भिस को १३१ ४५० मा फोन गर्नु सक्नुहुनेछ।