तत्काल अष्ट्रेलियाबाट फर्किनुपर्नेहरु लाई नेपाल फर्काउने तर्फ दुताबास आशाबादी

२ जुन सम्म ईच्छुकहरु ले बिबरण बुझाउन दुताबासको अनुरोध
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६, २०७७

कोरना भाइरसका कारण ठप्प रहेको हाबाई मार्ग मार्फत नेपाल फर्कने प्रकृयामा केहि सकारात्मक सन्देश आएको छ ।  अष्ट्रेलिया स्थित नेपाली दुताबासले अष्ट्रेलियाबाट ईच्छुक नेपालीहरु लाई घर फर्काउन प्रकृयाको नजिक पुगेको जनाएको छ । नेपालबाट तेश्रो पटक अष्ट्रेलिया आउन लागेको नेपाल बायुसेवा निगमको बिमान यस पटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा अवतरण गर्दैछ।  पहिलो पटक नेपाली जहाज चाटर्ड फ्लाइटमा ब्रिसबेन आउदै गर्दा देखि नेपाली दुताबासले यहाँ समस्यामा परेका र फर्कनै पर्ने नेपालीहरु लाई नेपाल फर्काउन प्रयासरत थियो । बिबिध कारणले बिगत दुइ पटक सम्म सफल हुन नसके पनि यो पटक धरै प्रकृयाहरु सहज हुदै आएको दुताबास श्रोतले जनाएको छ।  दुताबासले हालै एक बिज्ञप्ति जारि गरि लकडाउनको यो समयमा तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरू लाई आफ्नो विवरण अध्यावधिक गर्ने एक जरुरी सूचना जारि गरेको छ ।  बिज्ञप्तिमा फर्कने ईच्छुकहरु र फर्काउने सकिने क्षमताका आधारमा  प्राथमिकता अनुसार नेपाल फर्कने व्यवस्था गर्नु पर्ने भएका कारण पनि आफ्नो विवरण राजदूतावासको वेभसाइटमा राखिएको Travel to Nepal मा रहेको अनलाईन फर्म वा तलको लिंकमा किल्क्क गरि

https://au.nepalembassy.gov.np/registration-form-to-return-back-nepal/?fbclid=IwAR1NGhxO9MklmmeuoC6bebuIxUDAGHNovhP6xCtgMd4EEK5exPwVGOTHySA जुन २ सम्ममा भर्न पनि दुताबासले अनुरोध गरेको छ ।

साथै नेपाल फर्कन चाहनेहरु ले निम्न अनुसारका सर्तहरु पालना गर्ने प्रतिबद्दता जनाउनु पर्ने पनि उल्लेख गरिएको छ।

१. नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ (चौध) दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।
२. हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ ।
३. स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।
४. विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ F (एकसय दशमलव चार डिग्री फरेनहाइट) भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।
५. नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।
६. विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।
७. नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

यसै सम्बन्धमा अष्ट्रेलियाका लागि नेपाली राजुदुत माहामहिम महेश राज दाहाल संग सम्पर्क गर्दा प्रकृया एकदम सकारात्मक रुपमा अगाडी बढेको बताउनु भयो । नेपालमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाल बायुसेवा निगम र अष्ट्रेलियामा सम्बन्धित सबै निकाय संग आफु निरन्तर सम्पर्कमा रहेको र सबै सकारात्मक रहेको तर यसका प्राबिधिक पक्षहरु कसरि मिलाउने  यसरि आएको चार्टड बिमानबाट यात्रु फार्काऊँदाका अष्ट्रेलियन सरकारका नियम र क्यानबेरा एयरपोर्ट निकाय सबै संग समन्वय भइरहेको पनि माहामहिम दाहालले बताउनु भयो ।

यसरि नै एक प्रश्नको जबाफमा दुताबास र नेपाल सरकार यहाँका नेपालीहरु प्रति एकदम जिम्मेवारबोध गरिरहेको र यहाँ सम्म प्रकृया अगाडी बढी सके पछि यदि यहि जुन ८ मा आउन लागेको हाम्रो बिमानमा फर्काउन कुनै प्राबिधिक कारणले सकिएनछ भने पनि दुताबास यो कार्यमा निरन्तर लागिरहने  र अन्य कुनै बिमान चार्टड गरेर भए पनि समस्यामा परेका नेपालीहरु लाई नेपाल फार्काइने बताउनु भयो।
अनलाइन फर्म भरेर आफ्नो विवरण टिपाउन अनुरोध गरेको केहि घण्टामा नै करिब १९० जना इच्छुक व्यक्तिहरुले आफ्नो विवरण टिपाई सक्नु भएको पनि दुताबासले श्रोतले जनाएको छ। अर्को तिर क्यानबेराबाट अन्तराष्ट्रिय उडान भर्न मिल्ने न मिल्ने ? ब्यागेज ह्याण्डलिंग देखि लिएर अन्य कुराहरुमा क्यानबेरा एयरपोर्टले अनुमति दिन्छ त भन्ने प्रश्नमा राजदुत दाहालले यो सबै प्रकृयाहरु का बारेमा कसरि मिलाउन सकिन्छ, बिमान क्यानबेराबाट नै उड्ने कि, बिमानलाई क्यानबेराबाट खालि सिड्नी एयरपोर्ट लागि त्यहाँबाट उडान भर्न सकिन्छ वा अन्य सम्भाव्यता के हुन सक्छन यी सबै प्रकृयाका लागि आफु लागाएत राजदुताबास परिवार लागिरहेको र फर्कन चाहानेहरु को विवरण संकलन संगै कुन रुपबाट फर्कने, कुन बिमान र एयरपोर्टबाट फर्कने भन्ने बिषयमा पनि दुताबासले  छिट्टै थप जानकारी गराउदै जाने बताउनु भयो।