बाँकेमा दुर्घटना, १२ को मृत्यु

बाँके -बाँकेबाट सल्यान जान लागेको एउटा बस राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
भारतबाट मजदुरी गरेर सल्यान जान लागेकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
बाँके दुर्घटनाका घाइतेको पहिचान
बाँकेमा भएको सवारी दुर्घटनाका घाइतेको पहिचान भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जानेक्रममा राप्तीसोनारी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गए राति करीब १२ बजे ना ५ ख ५९९५ नम्बरको हायस मिनीबस रोकिराखिएको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ यात्रु घाइते हुनुभएको थियो ।
दुर्घटनामा घाइते हुनु भएकाहरु
-दाङ घोराही उपमहानगरपालिका धर्नाका ४५ वर्षीय मेगराम केसी,
– रोल्पा त्रिवेणी गाउँपालिका –७ तिलाका १७ वर्षीय सुनिल परियार,
२० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार,
– दाङ तुलसीपुर उपमहानगरपालिका –२ खैरीकोटका ३९ वर्षीय विष्णु गिरी,
– सल्यान शारदा नगरपालिका – ६ का २६ वर्षीया टीका चलाउने,
– दाङ राजपुर गाउँपालिकाका २० वर्षीय दीपेश चौधरी,
– तुलसीपुर –२ खैरीकोट निवासी २३ वर्षीय रुपलाल केसी,
– रोल्पा कुरैलीका ५२ वर्षीय नरबहादुर विक,
– दाङ राजपुर गाउँपालिका –२ रैमनियाका २१ वर्षीय जीवन घर्ती
– रोल्पा टुटुका ४० वर्षीय दिलबहादुर विक
-सल्यान वनगाड कुपिण्डे नगरपालिका –६ निवासी २० वर्षीय मीनराज विक,
-सल्यान सिद्धकुमाख गाउँपालिका–५ दह निवासी ४० वर्षीय तेजबहादुर बुढाथोकी,
– वडा नं ४ निवासी २८ वर्षीय लोकेश घर्ती,
– कुपिण्डे नगरपालिका –६ गोगनकटवा निवासी ५२ वर्षीय दीपबहादुर बुढा,
– सल्यानकै छापदरा निवासी १८ वर्षीय धनबहादुर बोहरा,
– दाङ गढवा गाउँपालिका –६ मानपुर निवासी २० वर्षीय भरत थापा,
– सल्यान सिद्धकुमाख गाउँपालिका –५ वडाकोट निवासी २६ वर्षीय निमबहादुर वली, सोही गाउँपालिकाकै वडा नं ५ दह निवासी १८ वर्षीय देवेन्द्र बुढाथोकी, शिव भण्डारी र १७ वर्षीय ज्ञानबहादुर बोहरा घाइते हुनुभएको छ ।
घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।शवको भने सनाखत हुन नसकेको प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
स्वाब परीक्षण हुँदै सवारी दुर्घटनामा परेर मृत्यु र घाइते भएकाहरुको कोरोना भाइरस भएरनभएको पुष्टि गर्न स्वाब संकलन गरिएको छ ।
भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब संकलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो ।
मृतकमा कोरोना संक्रमण नभए परिवारको जिम्मा लगाइने र संक्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



