विदेशबाट आउने नेपालीले अनिवार्य रुपमा कोरोनाको रिपोर्ट पेश गर्नु पर्ने

काठमाडौं- विदेशबाट आउने नेपालीले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले नेपाल आउनका लागि कोरोना रिपोर्ट नेगेटिम पेश गर्नुपर्ने बताएका छन् ।
मन्त्री यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली दूतावासको समन्वयमा र्यापिड टेस्ट (आरडीटी) मार्फत कोभिड–१९ को परीक्षणमा कोरोना नेगेटिभ देखिएकाले मात्र स्वदेश फर्किन सक्ने बताएको खबर गोरखापत्र दैनिकले उल्लेख गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनामा हवाई उडानबाट आउने व्यक्तिले साथमा सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको चेकजाँच विमानस्थलमा गरेपछि मात्रै स्वदेश फर्किन पाउने छन् ।
यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको त्रिभुवन विमानस्थलमा खटिने टोलीलाई जिम्मेवारी तोकिएको छ। यो कार्यमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहयोग गर्ने समितिको निर्णयमा उल्लेख छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...