नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा आइतबार २ सय १३ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २ सय १३ जना संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४ सय ६७ जना स्वस्थ भएर घर फर्किएका छन् ।

अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।

आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।