अष्ट्रेलियाबाट यस पटक पनि नेपालीहरु फर्कन पाएनन् 

दुताबास भन्छ - हामीले तपाईहरु सबैको पिडा महशुस गरेका छौं, हाम्रो प्रयास निरन्तर जारि छ  
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया | अष्ट्रेलियन नागरिक र पर्मानेन्ट रेसिडेन्टहरु लाई लिएर तेश्रो पटक आएको नेपाल एयार लाईन्सको बिमानमा नेपाल फर्कन पाइने धेरै नेपालीको आशा एक पटक फेरी निराशामा परिणत हुदै गर्दा अष्ट्रेलियाको नेपाली समुदायका आक्रोश र असुन्तुष्टिहरु सामाजिक संजालहरुमा छताछुल्ल भएका छन् ।  जुन ९ मा  २६० यात्रु र चालक दलका सदस्य सहित अष्ट्रेलियाको राजधानी क्यानबेरामा अवतरण गरेको नेपाल एयरलाइन्सको बिमान सोहि दिन रातको ११ बजे जम्मा ११ जना नेपालीहरु लिएर फर्केको खबरले सामाजिक संजाल तात्दै गर्दा यसरि फर्केका यात्रीहरु को बिषयमा पनि एक किसिमको आक्रोश देखिन्छ ।
दुताबासले सबै प्रक्रिया मिलेको खण्डमा तत्काल उद्दार गर्नु पर्ने २७० यात्रुहरु लाई उद्दार गर्ने अन्तरिक तयारी गरि रहेको बेला बिभिन्न कारणले यस पटकको प्रयास पनि सफल हुन सकेन । नेपाल स्थिति अष्ट्रेलियन एम्बेसीले चाटर्ड गरेको उक्त बिमानमा यात्रु फर्काउन प्रक्रियागत रुपमा केहि कठिनाई त पक्कै थिए तर असम्भब भन्ने होइन रहेछ भन्ने पनि उडान भर्न सफल यात्रुहरु बाट थाहा हुन्छ ।
आखिर किन यस्तो भयो त भन्ने जिज्ञासामा अष्ट्रेलिया स्थित नेपाली दुताबासले आधिकारिक धारणा नराखी सकेको भए पनि बिमानको क्षमता अनुसार पुरै यात्री नभए कम्तिमा पनि क्यान्सर पिडित १ जना उनकी श्रीमती र नेपालबाट आएर यतै अलपत्र परेकी बिरामी गायिका गरि ३ जनालाई मानबिय आधारमा भए पनि उद्दार गरिदिन दुताबासले नेपाल सरकार परराष्ट्र मन्त्रालय, कोभिड-१९ उच्च स्तरिय समिति संग स्वीकृति दिन अनुरोध गर्दै यहाँको निकायहरु संग समन्वय गरेको देखिन्छ । दुताबास श्रोतको अनुसार कुनै पनि हालतमा अन्यलाई फर्काउन सकिदैन भन्ने भए पछि कम्तिमा यी ३ जनालाई फर्काउन हदै सम्मको प्रयास गरेका र सफल पनि भएको जनाएको छ । उक्त बिमानमा फर्किएका अन्य ८ जना यात्रुको हकमा उनीहरु नेपाल स्थित कोभिड -१९ उच्च स्तरीय समिति संग आफैले सम्पर्क र समन्वय गरि फर्किएका कारण दुताबासको कुनै संग्लनता नरहेको दुताबास श्रोत बताउँछ ।
अष्ट्रेलियाका लागि नेपाली राजदुत माहामहिम महेश राज दाहाल अति संबेदनशिल अवस्थाका तिन जनालाई फर्काउन नेपाल सरकारले यस पटक दिएको अनुमति अनुसार अब सोहि प्रक्रिया अबलम्बन गर्दै अन्य नेपालीहरु लाई फर्काउन दुताबास हरपल प्रयासरत रहेको बताउनु हुन्छ । सामाजिक संजालमा उठेका यहाँको समुदायका सबै खाले आक्रोश र अनुरोधलाई दुताबासले एकदमै नजिकबाट अभिभाबकीय रुपमा लिएको बताउदै नेपाल सरकारको अन्य प्रथामिकताका कारण यस पटक सफल हुन नसके पनि कुटनीतिक र सरकारी सबै संयन्त्र प्रयोग गर्ने, यहाँको समुदायको गुनासाहरु को नेपाल सरकारलाई निरन्तर रिपोर्ट गर्ने कार्यमा दुताबास निरन्तर लागि रहेको र छिट्टै नै नतिजा सहित आउने पनि माहामहिम दाहल बताउनु हुन्छ ।  नेपाल फर्कन चाहनेहरु सबै दुताबास प्रति आशाबादी भएर बसिरहेको अवस्थामा दुताबासको संदेश के छ त ? भन्ने प्रश्नमा माहामहिम दाहालले यहाँ रहेका सबै फर्कन इच्छुक फर्म भरेका १३०० र फर्म नभरेका सबै-सबैको पिडा र आप्ठ्यारो दुताबासले महशुस गरेको र व्यक्तिगत रुपमा आफुलाई समेत यसले एकदम पिडा महशुस भइरहेको बताउनु भयो । यो माहामारीले बिश्व मै देखाएको त्रसादीले नेपाल जस्तो देशलाई पनि ब्यबस्थापना पक्षमा धेरै अप्ठ्याराहरु देखिएको हामी सबैले बुझेका छौं,  हामी प्रक्रियागत कुराहरु सुल्झाउन सबै प्रयास गर्छौं, प्रक्रियागत कुराहरु सुल्झिए पछि कुन बिमानमा जाने, कहाँबाट जाने भन्ने कुरा ठुलो कुरा नहुने पनि राजदुत दाहालले बताउनु भयो।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेल पनि यति बेलाको सबैको आक्रोशको माध्यम दुताबास पक्कै भएको तर यो आक्रोश र एक किसिमको पिडा दुताबास संग भन्दा पनि नेपाल सरकार संग भएको बताउनुहुन्छ ।  यहाँ नेपाल सरकारको प्रतिनिधित्व गर्ने सरकारी  निकाय भनेको दुताबास नै हो त्यसैले यहाँ उठेका गुनासा, आक्रोश, सुझाब र दुखेसोलाई दुताबासले सकारात्मक रुपमा लिदै आफ्नो भूमिकामा निरन्तर लागिरहन अनुरोध गर्दै यस क्रममा दुताबासलाई कुनै पनि सहयोग चाहिएमा एनआरएनए अष्ट्रेलिया समन्यवकारी र सहयोगी भूमिकामा सदैब तयार रहको पनि बताउनु भयो । यसका साथै कहिँ कतै कसैलाई कुनै पनि समस्या छ भने निर्धक्क आफ्नो स्टेट वा टेरोटेरीका एनआरएनएनएका कमिटि संग सम्पर्क राख्न र सम्भब हुने सम्मको सहयोग एनआरएनएबाट पाउने कुरामा पनि कंडेल बिश्वस्त गराउन चाहनुहुन्छ ।
(Photo: Chudamani Sapkota)