कुवेतबाट १५० नेपाली महिला काठमाडौं आइपुगे

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – कुवेतमा आममाफी पाएर हिजो फर्कने तयारीमा रहेका नेपाली महिला श्रमिक आज काठमाडौं आइपुगेका छन् ।

जजिरा एयरलायन्सको विमान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त विमानमार्फत १५० जना महिला आएका जानकारी दिए ।

काठमाडौं आएका उनीहरुको सामान्य स्वाथ्य जाँच गरी सम्वन्धित प्रदेशमा पठाइने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरी उनीहरुलाई नेपाल पठाएको हो ।

उनका अनुसार अरू १ सय ५० जना लिएर अर्को विमान दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ। उनीहरु सबै हिजै आउने भनिएपनि तयारी नपुगेको भन्दै अन्तिम समयमा उडान स्थगित भएको थियो।