११ दिनको कार्यतालिका बनाएर २५ देशका नेपालीलाई ल्याइने

काठमाठौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो एउटा निर्णय गर्दै विदेशमा रहेका नेपाली नागरिकलाई सकुशल उद्धार गर्न नेपाल उड्डयन प्राधिकरण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारीका लागि निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले ११ दिनको कार्यतालिका बनाएर २५ देशमा उद्धार लागि पर्खिरहेका नेपाली स्वदेश फर्काउने निर्णय भएको बताएका छन् ।
१४ तारिक अर्तात पर्सि आइतबार पहिलो उडान नेपाल एयरलाइन्सले बंगालादेशका लागि गर्ने तय भएको छ ।
नेपालीको उद्धार उडानका लागि सरकारले नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स र निजी विमान कम्पनी हिमालय एयरलाइन्सलाई तोकेको छ भने नेपाल उडान भर्दै आएका विदेशी विमान कम्पनीले पनि नेपाली ल्याउने छ ।
सम्बन्धित मुलुकको यात्रु भाडादर पनि सरकारले निर्धारण गरेको छ ।
हवाई इन्धनको मूल्य सस्तो भएकाले विमान कम्पनी तथा यात्रुलाई मर्का नपर्ने गरी भाडादर तय गरिएको सरकार बताउँछ ।
नेपाल फर्किदा लाग्ने हवाई भाडा भने सम्बन्धित यात्रुले नै व्यहोर्ने पर्ने लामिछानेले बताएका छन् ।
यो अवधिमा करिब १२ हजार नेपालीलाई स्वदेश फर्काउने उनको भनाइ छ ।
यता, नेपाल उड्डयन प्राधिकरणले पनि सरकारको निर्देशन प्रसारण गर्दै आवश्यक तयारीका लागि विमानस्थल तथा तोकिएका दुवै विमान कम्पनीलाई भनिसकेको प्रवक्ता राजकुमार क्षेत्रीले बताए। यहाँबाट विमान बाहिरिँदा र काठमाडौं अवतरण गरेपछिको सबै प्रक्रिया स्वास्थ्य मापनलाई ध्यान दिएर नै गरिने उनको भनाइ छ ।
दैनिक ५ देखि ७ वटा सम्म उडान तालिका रहेकोमा नेपाल भित्रिने नेपालीको उचित व्यवस्थापन गर्ने गरी तयारी पूरा भइसकेको प्रवक्ता क्षेत्रीले बताए ।
विदेशमा अलपत्र परेका नेपाली भित्र्याउन सरकारले काम सुरु गर्न लागेको छ।
कुल ६७ वटा उडान हुनेमा नेपाल एयरलाइन्सको २ वटा वाइडबडी ए ३३० र ए३२० ले २४ वटा उडान भर्ने तथा हिमालय एयरलाइन्सको ए३२० ले १९ वटा उडान भर्ने बताइएको छ ।
२४ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाली लिएर काठमाडौं आउने तालिका बनाइएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



