अष्ट्रेलियाबाट अर्को हप्ता नै २ चाटर्ड फ्लाइट हुदै ! कस्तो छ त दुताबासको तयारी ?

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, असार २, २०७७

सिड्नी, अष्ट्रेलिया | कोभिड-१९ को महामारीले बिश्व नै आतंकित बनेका बितेका केहि महिना बिश्वभर रहेका नेपालीहरु अलपत्र परेका खबर आइरहे । लामो समयको पर्खाइ पछि नेपाल सरकारले प्रथामिकताका आधारमा नेपाल फिर्ता लैजाने निर्णय गरे संगै बिभिन्न देशहरु जस्तै अष्ट्रेलियाबाट हुने चाटर्ड उडानको समय तालिका पनि नेपाल सरकार र यहाँ स्थित दुताबासले प्रकाशित गर्यो।पुर्बनिर्धारित मितिका उडानहरु समय अभाब र अन्य प्राबिधिक कठिनाइले उडान हुन नसक्दा उत्पन्न अन्यौलतालाई चिर्दै मिति, समय र हवाई रुट सहित अष्ट्रेलिया स्थित नेपाली दुताबासले अर्को हप्ता दुइ चार्टड फ्लाइटको विवरण सार्बजनिक गरेको छ।
दुताबास श्रोतका अनुसार पहिलो उडान नेपाल वायुसेवा निगमको बिमान मार्फत आउँदो २३ जुन २०२० मंगलबारका दिन सिड्नीबाट हुदैछ। यसरी नै दोश्रो उडान पनि नेपाल वायुसेवा निगम कै बिमान मार्फत २६ जुन शुक्रबारका दिन मेलबर्नबाट हुनेछ।
लामो समय पछाडी नेपाल जान पाइने खबरले बिगत केहि महिना देखि अष्ट्रेलियामा रोकिएका नेपालीहरु बिच छाएको यो खुशीको खबर संगै क्यानबेरा स्थिति नेपाली दुताबासको तयारी कस्तो छ त ? यस सन्दर्भमा दुताबासले दिएको जानकारी अनुसार दुताबासले आफ्नो साधन र श्रोतले भ्याए सम्म सम्पूर्ण तयारी गरिरहेको छ । र अब तयारीको एकदम अन्तिम चरणमा यसका साथै केहि तयारी वा थप जानकारी यस प्रकार छन् ।

राजदूतावासको सूचनाअनुसार २ जुन २०२० सम्म नेपाल फर्कने फाराम भर्नुभएकाहरु मध्येबाट नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा प्रथम र दोस्रो सूचीमा पर्नुभएका व्यक्तिहरु लाई इमेल मार्फत कन्फरमेसन पठाई सकिएको छ।

पहिलो र दोस्रो सूचीमा नपर्नुभएका व्यक्तिहरु लाई पनि क्रमश: इमेल मार्फत अन्य उडानका तयारीका बारेमा जनाकारी गराइनेछ।

–  हाललाई पहिलो उडान २३ जुनका दिन सिड्नीबाट र दोश्रो उडान २६ जुनका दिन मेलबर्नबाट हुनेछ।

–  हवाईयात्राको भाडा हाललाई US$1615 ( एक हजार छ सय पन्ध्र अमेरिकन डलर) पर्ने जनाईएको छ।

दुताबासले पहिलो वा दोश्रो उडानमा पर्नु भएको ब्यक्तिले PCR टेस्ट गर्नु पर्नेछ । टेस्टको रिपोर्ट आउन २४ घण्टा  देखि  ३ दिन सम्म लाग्ने र टेस्टको रिपोर्ट उड्नु भन्दा ७ दिन भन्दा पुरानो हुनु हुदैन त्यसैले सोहि अनुसार PCR टेस्ट गर्न अनुरोध गरिएको छ।

PCR टेस्ट गर्नका लागि GP (General Practitioner) को रिफरल चाहिने कारण, यो प्रकृयामा कसैलाई केहि सहयोग चाहिएमा अष्ट्रेलियामा कार्यरत नेपाली मुलका डाक्टरहरु को संस्था Australasian Medical Dental Association (ANMDA) सहयोग गर्ने जनाईएको छ । यसको लागि सिड्नी क्षेत्रका लागि डा. प्रबिण पाठक, मेलबर्न क्षेत्रका लागि डा. चन्द्र पोखरेल र अन्य शहरका लागि ANMDA संग आबद्द पदाधिकारी वा डाक्टरहरु लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

यात्रीहरुको फाइनल लिस्ट निर्धारण भए संगै टिकट काँहा/कसरि काट्ने, PCR टेस्ट र अन्य जानकारी सहित अब छिट्टै अर्को इमेल दुताबासले पठाउने छ, त्यसैले दुताबासलाई उपलब्ध गराउनु भएको इमेल चेक गरिरहन पनि अनुरोध गरिन्छ।

नेपाल पुगे सके पछि नेपाल सरकारले निर्धारण गरेको कोराइण्टाइन र अन्य नियमहरु मा आबद्द हुनु पर्नेछ । जस अनुसार नेपाल एयरपोर्टमा पुगे पछि त्यहाँ रहेको हरेक प्रदेशको सम्पर्क बिन्दुमा सामान्य स्वस्थ जाँच पछि सम्बन्धित प्रदेशमा रहेको कोराइण्टाइन् वा राजधानी कै कोराइण्टाइनमा रहने ब्यबस्था गरिएको हुनेछ । यस सम्बन्धि थप विवरणहरु यात्राका क्रममा या काठमाण्डु पगे संगै सबै यात्रुहरु लाई उपलब्ध गराईने छ।

यस बाहेक अन्य थप जानकारी चाहिएमा नेपाली दुताबास क्यानबेरालाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

Contact:

Embassy of Nepal

22 Kareelah Vista, O’Malley
Canberra ACT 2606

Tel:   (02) 6286 8006, (02) 6286 8004

Fax: (02) 6286 9978
Email : eoncanberra@mofa.gov.np