कोरोना अपडेट : विश्वमा संक्रमितको संख्या ८२ लाख ६५ हजार

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जेनेभा – विश्वभरीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ लाख ६५ हजार पुगेको छ ।

वर्ल्डो मिटरले जनाए अनुसार बुधवार दिउँसोसम्म विश्वमा कोरोना संक्रमितको संख्या त्यति पुगेको हो ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।

कोरोनाका कारण हालसम्म ४ लाख ४६ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

त्यसतै ४३ लाख २१ हजार ९ सय ९८ भन्दा बढी मानिसहरुले यो संक्रमणलाई जितिसकेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।