विश्वभर संक्रमितको संख्या ९० लाख बढी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं –  विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ९० लाख ४४ हजार नाघेको छ ।

संक्रमणबाट कुल मृतक संख्या ४ लाख ७० हजार पुगिसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार ४७ लाख ९६ हजार निको भएका छन् ।

आधाभन्दा बढी निको भइसके पनि संक्रमित संख्या प्रतिदिन डेढ लाखका दरले वृद्धि भइरहेको छ ।

अमेरिकामा २३ लाख ५५ हजार संक्रमित भइसकेका छन् ।

जसमध्ये एक लाख २२ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा १० लाख ८६ हजार संक्रमित हुँदा ५० हजारको मृत्यु भएको छ ।

रुसमा ५ लाख ८४ हजार संक्रमित हुँदा ८ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ४ लाख २६ हजार संक्रमितमध्ये १३ हजार ७ सयको मृत्यु भएको छ ।

बेलायतमा पनि संक्रमित संख्या ३ लाख नाघेको छ ।

त्यहाँ ४२ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय दक्षिण अमेरिका र दक्षिण एशियामा अवस्था भयावह बन्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्व कोरोना भाइरसको भयावह चरणमा पुगेको भनिसकेको छ ।

खोप यसै वर्ष पत्ता लाग्ने गरी एक सय ३० भन्दा बढी औषधी कम्पनि र रिसर्च संस्थाहरु लागेकाले आशा भने पलाएको छ ।

एजेन्सीको सहयोगमा